वनप्लस ८ सिरिजमा ३ नयाँ स्मार्टफोन आउँदै, १२जीबी र्याम र स्न्यापड्रयागन ८६५ चीपसेट

Technology Khabar २९ पुष २०७६, मंगलवार

वनप्लस ८ सिरिजमा ३ नयाँ स्मार्टफोन आउँदै, १२जीबी र्याम र स्न्यापड्रयागन ८६५ चीपसेट
वनप्लस ७टी प्रो

काठमाडौं । स्मार्टफोन मेकर वनप्लस आफ्नो आउँदो स्मार्टफोन लाइनअपमा काम गर्दैछ, जसअन्तरगत तीन स्मार्टफोन वानप्लस ८, वानप्लस ८ लाईट र वानप्लस ८ प्रो समावेश रहेको छ ।

केहि रिर्पोटहरुकाअनुसार यसमध्ये प्रो भेरियन्ट १२जीबी र्याम सहितको हुनेछ । वानप्लस ८ प्रोलाई बेन्च मार्किङ वेबसाइट गीगबेन्चमा पनि देखिएको छ । यस लिस्टीङबाट यो फोन एन्ड्रोयड १० को साथ सार्वजनिक हुने थाहा पाउन सकिन्छ । वनप्लसको यस फोनमा क्वालकमको लेटेस्ट स्न्यापड्रयागन ८६५ चीपसेट हुनेछ ।

लीक भएका खबरलाई मान्ने हो भने वानप्लस ८ र वानप्लस ८ लाईटमा एफएचडी प्लस एमोलेड डिस्प्ले हुनेछ । जसको रिज्योलुशन १०८०×२४०० पिक्सेलको हुनेछ । यसको साथै अर्को प्रो भेरिएन्टमा ६.७ इन्चको कर्भ्ड एमोलेड डिस्प्ले हुनेछ, जसको रिज्योलुशन १४४०×३१४० पिक्सेलको हुनेछ । त्यस्तै सेल्फीको लागी यसमा पन्चहोल डिस्प्ले दिईन सक्दछ ।

अपकमिङ स्मार्टफोनको वानप्लस प्रो र स्ट्यान्डर्ड भेरिएन्टमा १२० हर्ज रिफ्रेस रेट डिस्प्ले र लाईट भेरिएन्टमा ९० हर्ज रिफ्रेस रेट डिस्प्ले पाइनेछ । यससँगै वानप्लस ८ र ८ प्रो भेरिएन्टमा स्न्यापड्रयागन ८६५ र एक्स५५ ५जी मोडेम हुनसक्नेछ ।

यस फोनमा १२८जीबी को एलपीडीडीआर५ ¥याम र २५६जीबी स्टोरेज हुन सक्नेछ । त्यही वानप्लस ८ लाईटमा मिडियायाटेक डाईमेन्सीटी १००० चीपसेटको साथ ८जीबी ¥याम र २५६जीबी स्टोरेजको हुन सक्नेछ ।

वानप्लस ८ फोनमा ६४ मेगापिक्सलको मुख्य क्यामरा हुनेछ । यसको साथै १० एक्स हाइब्रीड जूम क्यामरासँगै वाइड एङ्गल लेन्स पनि दिईन सक्नेछ । साथै कम्पनीले वान प्लस प्रो मा ३डी टीओएफ क्यामरा राख्नसक्ने अनुमान गरिएको छ ।

वनप्लस लाइटको कुरा गर्दा यस फोनमा ट्रिपल रियर क्यामरा सेटअप दिईन सक्नेछ र यस फोनको प्राइमरी क्यामरा ४८ मेगापिक्सलको हुन सक्नेछ । साथै ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सलको डेप्थ सेन्सर हुन सक्नेछ । वानप्लस ८ सीरीजका रियर क्यामरा लेन्स ओआईएस र ईआइएस सर्पोटको साथ आउन सक्ने छ । वानप्लस ८ सीरीजका फोन ग्लासब्याक डिजाइनको साथ आउनेछ, जुन कि धुलो र पानी रेजिस्टेन्ट हुनेछ ।

एन्ड्रोयड १० ओएसमा आधारित तीनवटै फोनमा इन डिस्प्ले फिङ्गरप्रीन्ट सेन्सर दिइन सक्नेछ । वानप्लस ८ र ८ लाइटको ब्याट्री ४,००० एमएएचको हुनेछ, जुन ३० वाट फास्ट चार्जिङ सर्पोटको साथ आउनेछ । साथै प्रो भेरिएन्ट ४५०० एमएएच को ब्याट्री सँगै ३५ वाट फास्ट चार्जिङ सर्पोटको साथ आउनेछ ।

कम्पनीका सिईओ पीट लाउले नयाँ स्मार्टफोनको डिस्प्लेको बारेमा भने, ‘हामी यो आशा गर्दछौ कि सहज स्मार्टफोन डिस्प्लेसँगै सुपेरियर भिजुवल क्वालीटी र कम्फर्ट हुन पनि जरुरी छ, हामी यस कुरालाई लिएर ढुक्क छौं कि वनप्लसको नयाँ १२० हर्ज फ्लुइड डिस्प्ले यस वर्षको बेस्ट डिस्प्ले हुनेछ ।

कम्पनीले आउँदै गरेको यस स्मार्टफोनको डिस्प्ले को केहि फीचर्सको बारेमा पनि बताएको छ । कम्पनीका अनुसार यसमा एमईएमसि जस्तो टेक्नोलोजीको प्रयोग गरिएको छ जसले सहज भिडीयो प्लेब्याक दिने बताएको छ । दाबी गरिएको छ कि यो एभरेज एन्ड्रोयड फ्ल्यागशिपको तुलनामा चार गुणा ज्यादा अटो ब्राइटनेस वाला स्मार्टफोन हुनेछ । एजेन्सी

प्रकाशित: २९ पुष २०७६, मंगलवार

Comments are closed.

Loading...