सामसङ ग्यालेक्सी एस२० प्लसको तस्वीर सार्वजनिक, यस्तो डिजाइन र फीचरसहित आउँछ

Technology Khabar २९ पुष २०७६, मंगलवार

सामसङ ग्यालेक्सी एस२० प्लसको तस्वीर सार्वजनिक, यस्तो डिजाइन र फीचरसहित आउँछ

काठमाडौं ।

काठमाडौं । सामसङको आउँदो फ्ल्यागशिप ग्यालेक्सी एस११ नभई ग्यालेक्सी एस२० सीरीज हुने छ । कम्पनीले आउँदो ११ फरवरीमा अनप्याक्ड इभेन्टमा यस सीरीजको स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । तर सो इभेन्ट अगाडि नै ग्यालेक्सी एस२०प्लस को लाइभ इमेज लीक भएको छ । कम्पनीले यस सीरीजको तीन नयाँ स्मार्टफोन लन्च गर्न सक्ने बताईएको छ ।

केडिए डेभलपर्सको रिर्पोटमा ग्यालेक्सी एस२० प्लसको लाइभ तस्वीर शेयर गरीएको छ । स्पष्ट छ यो कम्पनीको अफिशियल जानकारी हैन्। फोन पुरा रुपमा बेजेल लेस रहेको छ र फ्रन्टमा पाँचवटा होल क्यामरा दिइएको छ । स्मार्टफोनको ब्याक क्यामराको कुरा गर्दा यहाँ क्यामरा मोड्युल रहेको छ, जहाँ चार क्यामरा देख्न सकिन्छ ।

ग्यालेक्सी एस१० सीरीज जस्तै यसमा पनि बिक्सबीको लागी कुनै डेडिकेशन बटन दिइएको छैन । यहाँ भोल्युम रकर किज र पावर बटन देख्न सकीन्छ । यसमा कम्पनीले इन्फीनीटी ओ डिस्प्ले प्रयोग गरेको छ । खास कुरा यसमा कुनै कव्र्ड डिस्प्ले रहेको छैन, बरु यसको ठाउँमा कम्पनीले यस पटक २.५डी कर्ब्ड ग्लास प्रयोग गर्न सक्दछ ।

रिर्पोटअनुसार ग्यालेक्सी एस१० को जस्तै ग्यालेक्सी एस२० सीरीजमा पनि स्क्रीन प्रोटेक्टर पहिलै देखि लगाइएको छ । डिजाइनमा पनि कुनै ठुलो बदलाव भएको देखिँदैन् । ब्याक प्यानल ग्लास मेटलको हुन सक्नेछ ।

ग्यालेक्सी एस२०प्लसको भनिएको तस्वीरमा क्यामरा मोड्युलमा माइक्रोफोनको स्पेश देखिन्छ छ, जसबाट यो आशा गर्न सकिन्छ कि कम्पनीले यसमा पनि अडियो जुमको फीचर दिन सक्नेछ ।
यसमा अल्ट्रावाइड टेलीफोन र माइक्रो लेन्स दिइने छ । ग्यालेक्सी एस२० सीरीजको कयौ्र अलग अलग मोडलहरु लन्च हुनेछ, जसमध्ये एउटा ५जी भेरियन्ट पनि हुनेछ ।

ग्यालेक्सी एस२० प्लस स्मार्टफोनमा कम्पनीको इनहाउस एक्सनोज ९९० प्रोसेसर दिइने छ । यसको साथै अर्को भेरियन्टमा क्वालकमको नयाँ फ्ल्यागसिप प्रोसेसर स्न्यापड्रयागन ८५६ दिइने छ । कम्पनिले यसको सफ्टवेयरमा ठुलो परिवर्तन गर्न सक्नेछ ।

easy care

प्रकाशित: २९ पुष २०७६, मंगलवार