अपटेड समाचार

एन्ड्रोयड अटो एपको डाउनलोड गूगल प्ले स्टोरमा १० करोड नाध्यो

काठमाडौं । एन्ड्रोयडमा आधारित गाडिहरुका लागि गूगलले तयार पारेको एन्ड्रोयड अटोको डाउनलोड १० करोड नाघेको छ । गूगल प्ले स्टोरमा उपलब्ध रहेको सो एपले ५ मध्ये ४ रेटिंग प्राप्त गरेको छ भने हालसम्म ८० लाख रिभ्यूज प्राप्त गरेको छ ।

गूगलको एन्ड्रोयड अटो ५ वर्षअघि सार्वजनिकरुपमा प्रयोगका लागि उपलब्ध गरिएको थियो भने पछिल्ला दिनहरुमा यसलाई सुधार गर्दै लगिएको छ । हाल यसमा असिस्ट्यान्ट सपोर्टका साथै रेस्पोन्सिभ यूआई राखिएको छ ।

एन्ड्रोयड अटो हाल हजारौं गाडिहरुमा सपोर्ट गर्दछ भने हजारौं इन्फोटेनमेन्ट सिस्टमहरुमा प्रयोग भईरहेको छ । तर तपाईँको कार पुरानो छ भने त्यसमा अटो यूआई रहेको छ जसले तपाईँको फोन प्रयोग गर्न सहज बनाउँछ र यात्राको समयमा सुरक्षित पार्दछ ।

एन्ड्रोयड अटो अहिले एन्ड्रोयड १० डिभाइसहरुसँगै बण्डलमा आउँछ र आगामी दिनमा यसले गर्दा यसको डाउनलोड संख्या घटाउन सक्नेछ । एजेन्सी

Leave a Reply