भोलीदेखि माइक्रोसफ्टले विन्डोज ७ मा सर्पोट बन्द गर्दै, यसरी गर्नुहोस् विण्डोज १० अपडेट

Technology Khabar २९ पुष २०७६, मंगलवार

भोलीदेखि माइक्रोसफ्टले विन्डोज ७ मा सर्पोट बन्द गर्दै, यसरी गर्नुहोस् विण्डोज १० अपडेट

काठमाडौं ।

यदि तपाई आफ्नो पर्सनल कप्युटर या ल्यापटपमा अझैपनि विन्डोज७ प्रयोग गर्नुहुन्छ भने यो जानकारी तपाईको लागी महत्वपुर्ण हुन सक्दछ । माइक्रोसफ्टले अब सबै कम्प्युटर र ल्यापटपमा यस विण्डोज ७ अपरेटिङ सिस्टमको सर्पोट अन्त्य गर्दैछ ।

विन्डोज १० मा धेरै भन्दा धेरै फोकस गर्नको लागी यस्तो गर्न लागिएको हो । १४ जनवरी अर्थात आजबाट यसको सर्पोट अन्त्य हुनेछ । र भोलीदेखि सर्पोटको अन्त्य भएपछि पनि तपाईको पीसीले काम त गर्दछ तर कम्पनीले यसको कुनै अपडेट जारी गर्दैन । जसले गर्दा तपाईँको कम्प्यूटर वा ल्यापटपमा भाइरस अट्याक हुन निकै सजिलो हुनेछ ।

कम्पनीले नयाँ प्रविधिमा ज्यादा फोकस गर्नको लागी यसबाट थप सहयोग पाइने आशा लिएको छ । रिप्लेसमेन्टको लागी कम्पनीले प्रयोगकर्तालाई जनवरी सक्किनु अघि नै विन्डोज १० डाउनलोड गर्न आग्रह गरिसकेको छ ।

यदि तपाईँ सँग विन्डोज  ७ राखिएको ल्यापटप या पीसी रहेको छ भने तपाई फ्रिमा यी निम्न तरिका अपनाएर विन्डोज १० अपग्रेड गर्न सक्नुहुनेछ ।

  • विन्डोज १० को डाउनलोड पेजमा जानुहोस् ।
  • यस पेजमा ‘डाउनलोड टुल नाउ’ मा क्लिक गर्नुहोस् र विन्डोज १० मिडिया क्रिएसन टूललाई डाउनलोड गर्नुहोस् ।
  • अब मिडिया क्रिएसन टूललाई संचालन गर्नुहोस् र लाईसेन्स टर्मलाई एक्सेप्ट गर्नुहोस ।
  • अब अपग्रेड दिस पीसी नाउलाई सेलेक्ट गरेर नेक्स्टमा क्लिक गर्नुहोस ।
  • अब किप पर्सनल फाइल्स र एप्समा क्लिक गरेर कन्टिन्युमा क्लिक गर्नुहोस ।
  • एकपटक इन्स्टल अप्सन मा क्लिक गरेपछि विन्डोज १० इन्स्टल हुन सुरु हन्छ, यसमा केहि समय लाग्दछ ।
  • जब विन्डोज १० इन्स्टल भइसक्छ तब तपाईको ल्यापटप वा पीसीलाई इन्टरनेटसँग कनेक्ट गराएर सेटिङमा गई विन्डोज अपडेटमा जानु पर्नेछ, यसपछि एक्टिभेसनमा जानुपर्नेछ, यसपछि तपाईको ल्यापटप या कम्प्युटर डिजिटल लाईसेन्स सँगै अपडेट हुनेछ ।

तर ध्यान दिनुपर्ने कुरा यो हो की यदि तपाईसँग विन्डोज ७ को आधिकारीक लाइसेन्स कपी छैन भने यसले काम गर्नेछैन् ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २९ पुष २०७६, मंगलवार

ताजा समाचार