शाओमी एमआई ए२ को लागी एन्ड्रोयड १० अपडेट आयो, सेक्युरिटी प्याच पनि साथमा

Technology Khabar २९ पुष २०७६, मंगलवार

शाओमी एमआई ए२ को लागी एन्ड्रोयड १० अपडेट आयो, सेक्युरिटी प्याच पनि साथमा

काठमाडौं ।

काठमाडौं । शाओमी एमआई ए२ स्मार्टफोनको लागी साओमीले एन्ड्रोएड १० अपडेट जारी गरेको छ । एमआई ए२ अपडेट भर्जनको नाम भी ११.०.४.० क्युडिआईएमआईएक्सएम रहेको छ । यो अपडेटको साइज १ जीबीभन्दा ठूलो रहेको छ ।

एक्सडिए रिर्पोटअनुसार यो अपडेटमा कयौ नयाँ फिचरको साथ डिभाइसको लागी डिसेम्वर २०१९ एन्ड्रोएड सेक्युरिटी प्याचपनि दिईरहेको छ । यद्पी सबै डिभाइसमा यस अपडेट पुग्नमा केहि समय लाग्न सक्दछ ।

अपडेट तयार भईसकेपछि तपाईलाई नोटिफिकेशन आउने छ । साओमीले एमआई ए२ लाई वर्ष २०१८ मा लन्च गरेको थियो, त्यसबेला यस फोनलाई एन्ड्रोएड ओरियोको साथ ल्याइएको थियो । वर्षको अन्त्यसम्म कम्पनीले यस स्मार्टफोनमा एन्ड्रोयड पाईको अपडेट दिएको थियो ।

साओमी एमआई ए२ स्मार्टफोनमा ५.९९ इन्चको डिस्प्ले दिईएको छ र यसको आस्पेक्ट रेशीयो १९.९ को रहेको छ । फोनमा क्वालकम स्न्यापड्रयागन ६६० प्रोसेसर प्रयोग भएको छ । फोन डुअल सिमलाई सर्पोट गर्दछ ।

फोटोग्राफीको लागी डुअल रियर क्यामरा रहेको छ, जसमा पहिलो क्यामरा एफ/१.७५ को साथ १२ मेगापिक्सेल र दोस्रा एफ/१.७५ अपर्चरको साथ २० मेगापिक्सेल को क्यामेरा रहेको छ । फ्रन्टमा सेल्फी र भीडियो कलिङको लागी एलईडी फ्ल्यास दिईएको छ ।

पावरको लागी फोनमा ३,०१०एमएएच को ब्याट्री रहेको छ, जुन फास्ट चार्जिङलाई सर्पोट गर्दछ । कनेक्टिभिटीको लागी स्मार्टफोनमा ४जी भीओएलटिई, वाईफाई ८०२.११ एसी, ब्लूटूथ भी ५.० जीपीएस/ए जीपीएस र एक युएसबी टाईप सी र्पोटको सर्पोट रहेको छ । यो स्मार्टफोनमा ३.५एमएम हेडफोन ज्याक हटाईएको छ भने ब्याकमा फीङ्गरप्रीन्ट स्क्यानर रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २९ पुष २०७६, मंगलवार

ताजा समाचार