Technology Khabar २८ पुष २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । शाओमीले फरवरी महिनामा शाओमी एमआई १० स्मार्टफोन लन्च गर्न सक्नेछ । शाओमीको अपकमिङ स्मार्टफोन शाओमी एमआई १० पावरफुल क्वालकम स्न्यापड्रयागन ८६५ चीपसेटसँगै लन्च हुन सक्नेछ ।
सामसङले आफ्नो अपकमिङ ग्यालेक्सी एस ११ सिरिज या ग्यालेक्सी एस २० सिरिजको फोनहरु पनि स्न्यापड्रयागन ८६५ चिपसेटका साथ नै १२ फरवरीमा लन्च गर्दैछ ।
रिपोर्टहरुका अनुसार शाओमीले सबैभन्दा पहिले स्न्यापड्रयागनको ८६५ चिपसेटयुक्त स्मार्टफोन लन्च गर्नेछ । बजारमा शाओमीको एमआई १० स्मार्टफोन नै नयाँ चीपसेटसहितको पहिलो स्मार्टफोनको रुपमा आउनेछ ।
स्मरण रहोस् शाओमीले गतवर्ष आफ्नो फ्ल्यागशिप स्मार्टफोन शाओमी एमआई ९ लन्च गरेको थियो । कम्पनीले आउँदो फरवरीमा एमआई १० ५जी र एमआर्इ १० प्रो ५जी लन्च गर्न सक्नेछ ।
शाओमी एमआई १०
चाइनिज सोशल मिडिया साइट वीबोको एक पोस्ट अनुसार यी दुई स्मार्टफोनको पुरा स्पेसिफिकेशन लीक भएको छ । लीक भएको स्पेसिफिकेशन यी दुई स्मार्टफोन ब्याट्री क्षमता र क्यामेरा सेटअपको बारेमा रहेको छ । यि दुबै फोन एकैजस्तो डिस्प्ले, प्रोसेसर र एमआईयुआईका साथ आउने छ ।
कम्पनीले गएको महिना नै एमआई १० र एमआई १० प्रो स्न्यापड्रयागन ८६५ चिपसेटको साथ आउने पहिलो स्मार्टफोन हुनेछ जानकारी दिएको थियो । यी डिभाइसहरुमा कम्पनीले ६.५ इन्चको ओएलइडि डिस्प्ले हुने र त्यसको रिफ्रेश रेट ९० हर्ज हुने बताएको छ । यो डिस्प्ले प्यानल फ्लुइड हुन सक्नेछ, जुन वानप्लस ७ टी र वानप्लस ७ टी प्रोमा देखिएको थियो ।
कम्पनीले एमआई १० मा क्वाड रियर क्यामरा दिन सक्नेछ, जसमा प्राइमरी सेन्सर सोनी आइएमएक्स ६८६ को हुनेछ । यस फोनमा सेकेन्डरी क्यामरा २० मेगापिक्सलको हुनेछ र ५ मेगापिक्सलको क्यामरा सेन्सर हुनेछ । यी दुबै सेन्सर डेप्थ र माइक्रो सेन्सर हुन सक्नेछ ।
यससँगै अनुमान लगाइएको छ कि एमआई १० मा कम्पनीले ३० एक्स डिजिटल जूमको सर्पोट दिन सक्नेछ । रिर्पोट अनुसार एमआई १० फोनमा ४,५०० एमएएच को ब्याट्री हुनेछ । यससँगै यो फोन ट्रिपल फास्ट चार्जिङको साथ आउन सक्ने छ । दुबै फोनमा ४० वाट फास्ट चार्जिङ र ३० वाटको वायसलेस चार्जिङ हुन सक्नेछ । साथै १० वाटको रिभर्स वायरलेस चार्जिङ पनि हुन सक्नेछ । यो फोन तीन भेरियन्ट ८जीबी र्याम +१२८जीबी स्टोरेज, ८जीबी र्याम +२५६जीबी स्टोरेज र १२जीबी र्याम +२५६जीबी स्टोरेजको साथ आउन सक्छ ।
एमआई १० प्रो
शाओमी एमआई १० प्रो मा एमआई १० को जस्तै ६.५ इन्चको ओएलइडि डिस्प्ले हुन सक्नेछ, जसको रिफ्रेस रेट ९० हर्ज हुनेछ । यो फोन पनि क्वालकम स्न्यापड्रयागन ८६५ मा आधारित हुनेछ ।
यस फोनको प्राइमरी क्यामरा सेन्सर १०८ मेगापिक्सेलको हुनेछ भने सेकेन्डरी क्यामरा ४८ मेगापिक्सेल, थर्ड क्यामरा १२ मेगापिक्सेलको र चौथो क्यामेरा ८ मेगापिक्सेलको रहेको छ ।
यसको ब्याट्री ४,५०० एमएएच क्षमताको हुनेछ र यसले ६६ वाट वायर चार्जिङलाई सर्पोट गर्ने बताईएको छ । एजेन्सी
प्रकाशित: २८ पुष २०७६, सोमबार