भारत भ्रमण जान लागेका अमेजनका मालिक बेजोसको विरोधमा र्याली निकालिने

Technology Khabar २८ पुष २०७६, सोमबार

भारत भ्रमण जान लागेका अमेजनका मालिक बेजोसको विरोधमा र्याली निकालिने

काठमाडौं । भारतमा हजारौं साना व्यापारीहरुले अमेजन डटकम इंकका संस्थापक जेफ बेजोसको विरोध गर्ने भएका छन् । कम्पनीको इभेन्टमा सहभागी हुन तथा सरकारी अधिकारीहरुसँग बैठक गर्न भारत भ्रमणमा आउन लागेका बेजोसको विरोधमा हजारौं साना स्तरका व्यापारीहरुले विरोध आयोजना गर्ने भएका हुन् ।

नयाँ दिल्लीमा आयोजना हुने अमेजन इभेन्६मा बेजोस सहभागी हुनेछ जहाँ साना र मध्यम स्तरका इन्टरप्राइजेजहरुसँग सम्पर्क गरिने उद्धेश्य रहेको बताईएको छ ।

त्यसबाहेक उनले भारतीय प्रधानमन्त्रीसहित अन्य अधिकारीहरुलाई समेत भेट्नेछन् ।

भारतमा कन्फेडेरेसन अफ अल इण्डिया ट्रेडर्स(सिएआईटी) ग्रुपले ७ करोड साना तहका रिटेलहरुको प्रतिनिधित्व गर्दछ, र सो संस्थाले बेजोसको भारत भ्रमणको बेला ३०० शहरहरुमा विरोध आयोजना गर्न लागेको हो ।

सो संस्थाले सन् २०१५ देखि नै अनलाइट रिटेलर्स अमेजन र वालमार्टका विरुद्ध संघर्ष गर्दै आएको छ । उनीहरुले १ लाख व्यापारीहरु विरोधमा सहभागी हुने जानकारी दिएका छन् । एजेन्सी

प्रकाशित: २८ पुष २०७६, सोमबार

Comments are closed.

Loading...