सूचना प्रविधि प्रयोगाशालाका लागि आवश्यक जनशक्तिलाई तालिम दिन शुरु

Technology Khabar २८ पुष २०७६, सोमबार

सूचना प्रविधि प्रयोगाशालाका लागि आवश्यक जनशक्तिलाई तालिम दिन शुरु

काठमाडौं ।

काठमाडौं । नेपाल सरकारले देशभर स्थापना गर्न लागेको विद्यालयतहको सूचना प्रविधि प्रयोगशालाको लागि आवश्यक तालिमको काम शुरु भएको छ । नेपाल दूरसंचार प्राधिकरणको नेतृत्वमा छनौट भएका सरकारी तथा सामुदायिक विद्यालयहरुमा सरकारले स्थापना गर्ने सूचना प्रविधि ल्याबको लागि तालिम तथा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

सूचना प्रविधि प्रयोगशाला स्थापना तथा संचालनको लागि आवश्यक पर्ने जनशक्तिलाई पहिलो चरणमा हार्डवेयर संचालन र प्रयोगको बारेमा प्रशिक्षण प्रदान गरिनेछ ।

दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सिन्धुपाल्चोकको जनजागृती मावि चौतारामा आयोजित एक कार्यक्रममा प्रशिक्षण तालिम शुरु भएको घोषणा गरे ।

सूचना तथा संचार प्रविधिको अधिकतम प्रयोग गरी सामुदायिक विद्यालयमा गरिने शिक्षा विधिलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सो सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न लागेको प्राधिकरणको भनाई छ।

त्यसको लागि प्राधिकरणको खर्चमा ३ अर्ब ६० करोड रुपैयाँ लागतमा ९३० विद्यालयहरुमा २३ हजार कम्प्यूटर उपकरणसहितको प्रयोगशाला स्थापना गरिनेछ ।

Global Bank
easy care

प्रकाशित: २८ पुष २०७६, सोमबार

ताजा समाचार