Technology Khabar २८ पुष २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । शाओमीको गेमिङ्ग स्मार्टफोन ब्राण्ड ब्ल्याक शार्कले चाँडै आफ्नो नयाँ स्मार्टफोन लन्च गर्न गर्ने भएको छ ।
मिडिया रिर्पोटकाअनुसार चीनमा ब्ल्याक शार्क ३ सर्टिफाइड भइसकेको छ । यस मोबाइलमा १६ जीबी ¥याम हुनसक्ने जानकारी अगाडि आएको छ । स्मरण रहोस ब्ल्याक शार्क कम्पनी गेमिङ्ग स्मार्टफोन बनाउने कम्पनीको रुपमा चिनिन्छ ।
अक्सर स्मार्टफोनको पहिचान उसको र्यामपब र प्रोसेसरबाट नै हुने गर्दछ । अहिले बजारमा बढिमा १२ जीबी र्याम भएको स्मार्टफोनहरु उपलब्ध रहेका छन् ।तर यो स्मार्टफोनमा भने १६ जीबीको र्याम हुने चर्चा रहेको छ ।
ब्ल्याक शार्क ३ स्मार्टफोनको सर्टिफिकेशनको जानकारी कमै दिइएको छ । जो मानिस आफ्नो स्मार्टफोनमा बढि गेम खेल्न मन पराउँछन यस खबरले उनिहरुको उत्सुकता भने बढाइदिएको छ । यसबाहेक फोनमा ४७०० एमएएच ब्याट्री हुन सक्ने बताईएको छ ।
ब्ल्याक शार्क ३ मा स्न्यापड्रयागन ८६५ प्रोसेसर राखिनेछ भने फोनमा ३० वाटको फ्ल्यास चार्जिङ टेक्नोलोजी हुन सक्दछ । तर फोनको क्यामरा, डिजाइन, स्क्रीन साइजको बारेमा अहिलेसम्म केहिपनि जानकारी अगाडि आएको छैन ।
कम्पनीले यसअघि ब्ल्याक शार्क २ प्रो स्मार्टफोन पनि सार्वजनिक गरेको थियो । ब्ल्याक शार्क ३ लाई ब्ल्याक शार्क २ को अपडेट भर्सनको रुपमा मानिएको छ । ब्ल्याक शार्क २ प्रो गत वर्ष जुलाइमा सार्वजनिक भएको थियो । सो स्मार्टफोनमा स्न्यापड्रयागन ८५५ प्रोसेसर दिइएको थियो, साथै ४००० एमएएच पावरको ब्याट्री रहेको थियो ।
प्रकाशित: २८ पुष २०७६, सोमबार