अपटेड समाचार

सामसङको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त मानव रोबोट, कुराकानी गरेर प्रतिकृया दिनसक्ने

काठमाडौं । यदि तपाई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग केवल मौसम जानकारी या म्युजिक सुन्न मात्रै प्रयोग हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । हालै लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक शो २०२० मा पहिलो आर्टिफिशियल मानव ‘निओन’ लाई प्रस्तुत गरिएको थियो ।

निओनलाई स्टार ल्याब्सले विकसित गरेको हो, जुन सामसङसँग सम्बन्धित रहेको छ । निओन हेर्दा र व्यबहारमा पुरै हामी सबै मानव जस्तो नै देखिन्छ । निओन आफ्नो भावनालाई बाँड्न, कुराकानी गर्न र कुनैपनि परिस्थितीमा सोचेर, बुझेर प्रतिक्रिया दिन पनि सक्दछ । अबदेखि आर्टिफिशियल मानव केवल साइन्स फिक्शन फिल्ममा मात्रै नभई रियल लाइफमा पनि देखिन सकिने अवस्था आएको छ ।

निओन एक नयाँ जिवन जस्तै हो । धर्तीमा रहेका कयौ जिबजन्तुसँगै अब कृतिम मानब पनि सामेल भएको छ । स्टार ल्याब्सका सिइओ प्रणव मिस्त्रीले निओन हाम्रो साथी र सहयोगी हुने बताए । जसले कुराकानीबाट लगातार सिक्ने, बिकसित गर्ने र यादहरुलाई स्टोर गर्ने काम गर्नेछ । निओन नयाँ तरिका सिक्न सक्दछ, र आफ्नो अनुभबलाई पनि स्मरणमा राख्न सक्दछ ।

यसै सिलसिलामा कम्पनीले निओन संचालन र विकासपछाडि जुन प्रविधिले काम गरिरहेको छ उक्त प्रविधिलाई कोर ३ भनिने जनाएको छ ।

कम्पनीले बताएअनुसार कोर ३ व्यवहार प्रणाली नेटवर्क, विकासवादी जेनेरेशन इन्टेलिजेन्स, र कम्प्युटेशनल रियालीटीको डोमेनमा काम गर्दछ । कम्पनीकाअनुसार प्रत्येक निओन एक स्वामित्वयुक्त औद्योगिक मञ्चद्धारा सञ्चालित रहेको छ जसलाई कोर ३ भनिन्छ । आर ३ को मतलव वास्तविकता, रियल टाइम र प्रतिकृया हो । एजेन्सी

Leave a Reply