सामसङको ग्यालेक्सी एस७ एज स्मार्टफोनमा आगो लाग्यो, तर कम्पनीले कुनै क्षतिपूर्ति दिएन्

Technology Khabar २७ पुष २०७६, आईतवार

सामसङको ग्यालेक्सी एस७ एज स्मार्टफोनमा आगो लाग्यो, तर कम्पनीले कुनै क्षतिपूर्ति दिएन्
Global IME Bank

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन जुन हाम्रो जिन्दगीको एक महत्वपूर्ण हिस्सा बन्दै गइरहेको छ, त्यहि अर्कोतर्फ यसले प्रयोगकर्ता माथी खतरा पनि बढाउदै गएको छ । पछिल्लो केहि दिनमा फोनमा आगो लागेको या फोन पड्किएर प्रयोगकर्तामा गम्भिर चोट लागेको लगायतका खबरहरु सुन्नमा आइरहेको छ ।

हालैको एक रिर्पोटअनुसार यस्तै एक ताजा घटना अगाडि आएको छ, जसमा सामसङ ग्यालेक्सी एस७ एज स्मार्टफोनमा आगो लागेको छ ।

यो घटना भारतको बेंगलुरुमा भएको हो । ग्यालेक्सी एस७ एज प्रयोगकर्ता ५२ वर्षिय सिमा अग्रवाल मोबाइलमा अचानक आगलागी भएको हो । सिमाका अनुसार उनले उक्त फोन २८ डिसेम्वर २०१६ मा किनेकी थिइन् र यसमा कहिल्यै केहि गडबड भएको थिएन् । तर सन्२०१९ डिसेम्बरको अन्त्यमा सिमाको मोबाइल अचानक धेरै तातो भयो । फोन धेरै तातो भएको देखेर उनले मोबाइललाई कोठा बाहिर निकालिन् र निकालेको केही समय पछि नै उनको मोबाइलमा आगो बल्न थाल्यो ।

उनका अनुसार उनी जहिल्यै फोन चार्ज गर्नलाई सामसङको ओरिजनल चार्जरको नै प्रयोग गर्ने गर्थिन् । सिमा यस घटनाबाट धेरै डराएकी छिन र उनले अबदेखि कहिल्यै स्मार्टफोन प्रयोग नगर्ने बताइन ।

कम्पनीले भने सो आगलागीको घट्ना ग्यालेक्सी एस७ एजको आन्तरिक कारणले नभई बाह्य कारणले भएको दाबी गरेको छ । कम्पनीले सो घट्नामा फोन वा ब्याट्रि ड्यामेज हुनुमा सामसंगको प्रडक्टको क्वालिटीको कारण नभई अन्य बाह्य कारणले भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी फोन धनीलाई दिएको छ । त्यसैले कम्पनीले यसमा उत्पादनको कुनै दायित्व नहुने उल्लेख गरेको छ ।

तर सिमाले भने कम्पनीको जवाफ चित्तबुझ्दो नभएको हुँदा मुद्धा गर्ने बताईन् । एजेन्सी

Sajilo Visa

प्रकाशित: २७ पुष २०७६, आईतवार

तपाइको प्रतिक्रिया