Technology Khabar २७ पुष २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । गतवर्ष शाओमीले एन्ड्रोइडको लागी आफ्नो एमआईयुआई १२ स्कीन लन्च गरेको थियो । अहिलेसम्म कम्प्याटिबल स्मार्टफोनमा यसको रोल आउट जारी गरिरहेको छ ।
हाल कम्पनीले नेक्स्ट जेनेरेशनयुक्त एमआईयुआई १२ स्कीनमा काम गरीरहेको खुलाशा गरेको छ । यो पुस्ट्याइ बाहेक कम्पनीले अपरेटिङ्ग सिस्टमको बारेमा अरु केहि जानकारी सार्वजनिक गरेको छैन । यद्पी आशा गरिएको छ कि आउँदो हप्ता कम्पनीले युआईको बारेमा अरु केहि जानकारीहरु उपलब्ध गराउन सक्नेछ ।
शाओमीले चिनियाँ माइक्रोब्लगिङ वेबसाइट विबो मा अपकमिङ्ग एमआईयुआई १२ स्कीनको लोगो पोस्टर जारी गरेको थियो । यस नयाँ युआईसँगै एमआईयुआईको पुरा १० वर्ष पुरा हुनेछ । यस युआईको पहिलो भर्सन २०१० मा ल्याईएको थियो । यसपछि कम्पनीले लगातार प्रयोगकर्तालाई यसको अपडेटहरु उपलब्ध गराउँदै आएको छ ।
एमआईयुआई १२ लाई फ्रेश इन्टरफेस को साथ ल्याईने आशा गरिएको छ । साथै यसमा केहि नयाँ फिचर्स पनि देख्न सकिने छ । लोगो पोस्टरबाट एमआईयुआई १२ मिनीमलिस्टिक डिजाइनयुक्त हुने बुझिन्छ । त्यहि १२ मा दिइएको ग्रेडिएन्ट शेडबाट यो पनि बुझ्न सकिन्छ कि कम्पनीले नयाँ शेड र कलर स्किमलाई पनि ल्याउन सक्दछ ।
कम्पनीका एक डेभरपरको सन्दर्भ दिदै हालै आएको एक रिर्पोटकाअनुसार एमआईयुआई १२ एक ग्लोबल सिस्टम वाइड डार्क मोडसँगै आउनेछ ।
यसका साथै शाओमीको एमआईयुआई ११ को रोलआउट जारी छ । एमआईयुआई ११ मा नयाँ आइकन डिजाइन, सिस्टम वाइड डार्क मोड, नयाँ मि ल्यान प्रो सिस्टम फन्ट र ईम्प्रोभाइज्ड अल्वेज अन डिस्प्ले फङ्गसन दिइएको छ । साथै यसमा नयाँ एनिमेशन, थिम्स, वालपेपर्स र इम्प्रोभाइज्ड नोटिफिकेशन सिस्टमा दिइएको छ ।
प्रकाशित: २७ पुष २०७६, आईतवार