विश्वको सबैभन्दा सानो ३जी फीचर फोन यस्तो छ, बजार मूल्य साढे १४ हजार डलर पर्ने

Technology Khabar २७ पुष २०७६, आईतवार

विश्वको सबैभन्दा सानो ३जी फीचर फोन यस्तो छ, बजार मूल्य साढे १४ हजार डलर पर्ने

काठमाडौं । टेक कम्पनीहरुले एक से एक ठूला साइजका स्मार्टफोन बजारमा सार्वजनिक गरिहेका छन् । तर त्यहि बिचमा जिनी मोबाइल्सले  भने संसारकै सबैभन्दा सानो फोन जेन्को टाइनी टि २ सार्वजनिक गरको छ ।

यो फोन आफ्नो सानो साइजकै कारण अहिले विश्वभर चर्चाको बिषय बनेको छ । किनभने यो फोन एउटा औलाको साइज बराबर मात्रै रहेको छ ।

यो फोन जेन्को टाइनी टि १ को नै अपग्रेटेड भर्जन हो र यसमा प्रयोगकर्तालाई कुल १४ फिचर्ससँगै क्यामराको पनि सुविधा पाउँछन् । कम्पनीले यस डिभाइसलाई अमेरिकामा किकस्टार्टरअन्तरगत सार्वजनिक गरेको छ । ग्राहकले यसलाई कम्पनीको आधिकारीक वेबसाइटको माध्यमबाट बुक गराउन सक्छन् ।

हेर्नमा यो एक सानो फीचर मोबाइल फोन हो, तर यसको मुल्य सुनेर तपाईँ साच्चै अच्चम्ममा पर्नुहुन्छ । कम्पनीले यस फोनको मुल्य १४ हजार ५०३ अमेरीकी डलर राखेको छ ।

विश्वको सबैभन्दा सानो ३जी मोबाइल फोन जेन्को टाइनी टि २ बाट फोटोग्राफी पनि गर्न सकिनेछ । यस मोबाइल फोनमा फोटो र भिडियो सुट गर्न सकिन्छ। फोटोग्राफीको लागी डुअल फ्रन्ट र रियर क्यामरा रहेको छ ।

यसको अलवा यसमा माइक्रोएसडि कार्ड स्लट पनि दिईएको छ । जहाँ ३२जीबी सम्मको माइक्रोएसडि कार्ड प्रयोग गरेर यसको स्टोरेज बढाउन पनि सकिन्छ । फोटो क्लिक गरेपछि प्रयोगकर्ताले एसडी कार्डको मद्दतबाट फोटो सिधै आफ्नो अर्को फोनमा ट्रान्सफर गर्नपनि सक्छन् ।

नयाँ जेन्को टाइनी टि २ मोबाइल फोनमा एफएम रेडियो, एमपी ३ र एमपी ४ फाइल्स, प्ले रेट्रो गेम, अलार्म क्लक र क्यालेन्डर जस्ता बिशेषताहरु दिइएको छ । यससँगै फोनमा सेफ्टीको लागि एसओएस फिचर पनि दिईएको छ । यतिमात्रै हैन प्रयोगकर्ताले टक एन्ड टेक्स्ट फिचरको मद्दतबाट केवल बोलेर नै म्यासेज टाइप गर्न सक्छन्।

यस मोबाइल फोनमा लगाइएको ब्याट्री फुल चार्ज गरेपछि पुरा ६ घण्टा आरामले चल्न सक्छ, कम्पनीको दाबी अनुसर ब्याट्रीको स्टान्डबाई टाइम भने सात दिन रहेको छ । एजेन्सी

प्रकाशित: २७ पुष २०७६, आईतवार

Comments are closed.

Loading...