तनहुँमा रहेको एनसेल टावरमा अज्ञात समूहद्धारा आगजनी, जेनेरेटर, ब्याट्री र तारमा क्षति

Technology Khabar २७ पुष २०७६, आईतवार

तनहुँमा रहेको एनसेल टावरमा अज्ञात समूहद्धारा आगजनी, जेनेरेटर, ब्याट्री र तारमा क्षति

काठमाडौं । शनिबार राति अज्ञात समूहले तनहुँमा रहेको एनसेल टावरमा आगजनी गरेको छ।

तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएको छन्।

शनिबार राति करिव ११ बजे आगो लागेको एनसेलमा जेनेरेटर, ब्याट्री र तारमा क्षति भएको बताईएको छ। प्रहरीका अनुसार क्षतिको एकिन हुन सकेको छैन्। आगजनी कसले गरेको भन्ने विषयमा केही पनि खुलेको छैन्।

इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीको टोली क्षतिका सम्बन्धमा अनुसन्धान गरिरहेको छ। घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्रोत

प्रकाशित: २७ पुष २०७६, आईतवार

Comments are closed.

Loading...