टेस्लासुटको भीआर ग्लब्स- ह्यान्डमोसन र पल्स ट्रयाक गर्ने, वस्तु छोएको र समाएको महसुस गराउने

Technology Khabar २७ पुष २०७६, आईतवार

टेस्लासुटको भीआर ग्लब्स- ह्यान्डमोसन र पल्स ट्रयाक गर्ने, वस्तु छोएको र समाएको महसुस गराउने
Classic Tech

काठमाडौं । सिईएस २०२० चल्दै गर्दा ४५०० भन्दा धेरै कम्पनीले अद्धभुत र इनोभेटिभ प्रोड्क्स लिएर आएका छन् । घरको डेकोरेटिभ आइटमलाई पनि कम्पनीहरुले हाइटेकरुपमा प्रदर्शन गरेका छन् ।

सिईएस २०२० कै अवसर पारेर टेस्लासुटले यस्तो भर्च्यूअल रियालिटी (भीआर) ग्लब्स पेश गरेको छ, जसले युजरको पल्स ट्रयाक गर्दछ र भर्चुअल अब्जेक्टलाई छोएको र समातेको महसुस पनि गराउँदछ ।

टेस्लासुटले शोमा आफ्नो भीआर ग्लब्स प्रदर्शन गरेको हो । कम्पनीले यसलाई टेस्लासुट ग्लब्स नाम दिएको छ ।

यसले युजरलाई भर्चुअल टेक्चरको फिलिङ्गको साथसाथै बायोमेटिक डाटा पनि संकलन गर्दछ । यसअघि कम्पनीले टेस्लासुट पनि बनाइसकेको छ, जुन पुरै शरिरको लागी बनाइएको थियो । टेस्ला ग्लब्सलाई ट्रेनिङ्ग, मेडिकलसमेत धेरै प्रोफेशनल एप्लीकेशनहरुमा प्रयोग गर्न सकिन्छ ।

यसमा कयौं टेक्नोलोजीको प्रयोग भएको छ, जसको सहयोगमा वस्तुलाई छोएको र समातिएको अनुभुति गर्न सकिन्छ । यसले हातको मोसनलाई क्याप्चर गर्दछ, साथै पल्स लगायत अन्य बायोमेट्रिक जानकारीहरुलाई एकत्रित गर्दछ । एजेन्सी

प्रकाशित: २७ पुष २०७६, आईतवार

Comments are closed.

Loading...