म्यूजिक स्ट्रिमिङ्गको बजार वार्षिकरुपमा ३० प्रतिशतले बढ्दो, अमेरिका सबैभन्दा ठूलो बजार

Technology Khabar २७ पुष २०७६, आईतवार

म्यूजिक स्ट्रिमिङ्गको बजार वार्षिकरुपमा ३० प्रतिशतले बढ्दो, अमेरिका सबैभन्दा ठूलो बजार
Classic Tech

काठमाडौं । विश्वभर स्ट्रिमिङ्ग म्यूजिक उद्योगको वृद्धिदर बढिरहेको छ । हालै सार्वजनिक नयाँ तथ्यांकअनुसार विश्व बजारमा म्यूजिक स्ट्रिममा वार्षिकरुपमा ३० प्रतिशतको वृद्धि देखिएको छ । बजार अनुसन्धान कम्पनी नेल्सनकाअनुसार सन् २०१९ मा पहिलो पटक एक खर्बभन्दा बढि म्यूजिक स्ट्रिम पुगेको छ ।

तथ्यांकअनुसार विश्वभर म्यूजिक स्ट्रिमको अधिकांश बजार भने अमेरिका देखिएको छ जसले कुल बजारको ८२ प्रतिशत म्यूजिक खपत गर्दछ । यो बजार हिस्सा पनि निरन्तर बढेको तथ्यांकमा उल्लेख छ ।

रिपोर्टकाअनुसार वार्षिकरुपमा म्यूजिक स्ट्रिमको बजार बढ्नुमा एप्पल म्यूजिक, स्पोटीफाई र यूट्यूब जस्ता सेवाहरुको संयुक्त योगदान रहेको छ भने विश्वभर चर्चित कलाकारहरुको पनि सहयोग रहेको छ ।

म्यूजिक स्ट्रिमको बजार बढिरहँदा भौतिकरुपमा एल्बमहरुको कारोबारमा भने १९ प्रतिशतको कमी देखिएको छ र यसले कुल म्यूजिक स्ट्रिम खपतको ९ प्रतिशत हिस्सा मात्र लिएको छ ।

नेल्सनको डाटाअनुसार म्यूजिक स्ट्रिममध्ये सबैभन्दा धेरै बजार हिस्सा हिपहप म्यूजिकको रहेकोछ र यसले संगित सुन्नेमध्ये २८ प्रतिशत बजार लिएको छ । त्यसपछि भने रक म्यूजिकले २० प्रतिशत र पप म्यूजिकले १४ प्रतिशत हिस्सा लिएको छ ।

सन् २०१९ मा पोस्ट मालोने सबैभन्दा ठूला कलाकारको रुपमा देखिएका छन् र उनका गित संगित बिक्री र म्यूजिक स्ट्रिमको आधारमा सबैभन्दा धेरै भएको थियो । एजेन्सी

प्रकाशित: २७ पुष २०७६, आईतवार

Comments are closed.

Loading...