सामसङको बाेकेर लान सकिने एसएसडि हार्ड ड्राइभ, डाटा सेक्युरिटीको लागी फिंगरप्रिन्ट फिचर

Technology Khabar २६ पुष २०७६, शनिबार

सामसङको बाेकेर लान सकिने एसएसडि हार्ड ड्राइभ, डाटा सेक्युरिटीको लागी फिंगरप्रिन्ट फिचर
Classic Tech

काठमाडौं । अमेरिकामा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शोमा सामसङले फिंगरप्रिन्ट सेन्सरयुक्त पोर्टेवल सोलिड टेस्ट ड्राइभ (एसएसडि) लन्च गरेको छ । यसको मोडल नम्बर एसएसडि टि७ टच(SSD T7 Touch) हो । यस एसएसडिको डाटा पुर्णरुपमा सुरक्षित रहने छ, किनभने यसलाई फिंगरप्रिन्टबाट अनलक गरेपछि मात्रै एक्सेस गर्न सकिन्छ । कम्पनीले यसलाई आउँदो महिना भारतमा लन्च गर्न सक्ने बताईएको छ ।

सामसङ पोर्टेवल एसएसडि टि७ टच को रिडिङ्ग स्पीड १,०५० एमबिपिएस र राइटिङ्ग स्पीड १,००० एमबिपिएस रहेको छ । कम्पनीको दाबीअनुसार पुरानो मोडल एसएसडि टि५ को तुलनामा यसको डाटा ट्रान्सफर स्पीड ५४० एमबिपिएस छिटो रहेको छ । डाटा ट्रान्सफरका लागी यसमा दोस्रो पुस्ताको युएसबी ३.२ पोर्ट दिइएको छ । हार्ड डिस्कमा कम्पनीले ३ वर्षको वारेन्टी दिनेछ ।

डाटा सेक्युरिटीको लागी यसमा जुन फिंगरप्रिन्ट दिइएको छ, त्यसमा एइएस २५६ बिट हार्डवेयर एनक्रिप्सन र पासवर्ड प्रोटेक्सन फङ्गसन दिइएको छ । यसमा निलो कलरको मोसन एलइडि दिइएको छ, जुन फिंगरप्रिन्ट सेन्सरको आसपास रहेको छ । जब यो कुनै पिसी वा ल्यापटपसँग कनेक्ट हुन्छ, यो एलइडि अन हुन्छ, जसले एसएसडि प्रयोग गर्न सकिन्छ भन्ने संकेत गर्दछ ।सामसङ पोर्टेवल एसएसडि टि७ टच लाई आल्मोनियम क्यासिङ्ग दिइएको छ । यसको तौल ५८ ग्राम रहेको छ । यो युएएसपी सपोर्ट, युएसबी टाइप सि टु सि र युएसबी टाइप सि टु ए कनेक्टिभिटी र आरओएचएस२ लाई सपोर्ट गर्दछ । यो ब्ल्याक र सिल्भर कलरमा पाईनेछ ।

प्रकाशित: २६ पुष २०७६, शनिबार

Comments are closed.

Loading...