एप्पलको आइफोन एसई २ यस्तो डिजाइनमा आउने, ४.७ इन्चको आइपीएस एलईडी रेटिना डिस्प्ले

Technology Khabar २६ पुष २०७६, शनिबार

एप्पलको आइफोन एसई २ यस्तो डिजाइनमा आउने, ४.७ इन्चको आइपीएस एलईडी रेटिना डिस्प्ले

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिन आइफोन एसई २ को चर्चा धेरै सुनिँदै आएको छ । यो एक बजेट र पाम फ्रेन्डली आइफोन मोडल हुनेछ, जसलाई आइफोन एसइको अपग्रेडको रुपमा लन्च गरिनेछ ।

अहिले यस अपकमिङ्ग आइफोन मोडलको फोटो र भिडियो लीक भएको छ । आइफोनको जुन फोटो अगाडि आएको छ, त्यसमा आइफोन ८ को जस्तो डिजाइन देख्न सकिन्छ । यसमा सिंगल रियर क्यामेरा, थिक बेजल्स र टच आइडि बटन देखिएको छ । कम्पनीले आइफोन एसई २ लाई आईफोन ९ को नामले सार्वजनिक गर्न सक्नेछ । आएका जानकारी अनुसार यसमा ४.७ इन्चको आइपीएस एलईडी रेटिना डिस्प्ले दिइनेछ ।

आइफोन एस२ को क्याड रेन्डर्स र ३६० डिग्री भिडियो टिप्स्टर अनलीक्स र आइजिक्सब्लगको साझेदारीमा अगाडि आएको हो । आइफोन एस२ को फोटो हेरेर मानिसहरुले यसलाई आइफोन ८ भन्न सक्दछन् । जबकी यसमा आन्तरिक र बाह्य र डिजाइनमा थोरै भिन्नता भने हुनेछ । जानकारीअनुसार आईफोन एसई २ मा आइफोन ११ प्रोको जस्तै फ्रस्टेड ग्लास दिइनेछ । जबकि आइफोन ८ मा ग्लसी फिनीस दिइएको थियो । साथै आइफोन एसई २ मा स्टेनलेस स्टील फ्रेम दिईन सक्ने जानकारी अगाडि आएको छ । जसलाई आइफोन एक्सबाट लिएको हुनेछ ।

रेन्डर्समा देखाइएको अनुसार आइफोन एसई२ को रियरमा सिंगल क्यामरा सेटअप रहनेछ । किनकि यो एक बजेट स्टाटस स्मार्टफोन हुनेछ । यस्तोमा कम्पनीले यसको क्यामरा हार्डवेयर आईफोन एक्सआरबाट लिन सक्नेछ । फ्रन्ट लुक हेर्दा यो आइफोन ८ जस्तै छ । यसमा थिक बेजल्स र सर्कुलर बटन देख्न सकिन्छ । यहिँ टच आईडि फिंगरप्रिट सेन्सर पनि रहनेछ । यस स्मार्टफोन को डिस्प्ले ४.७ इन्चको आइपिएस एलईडि डिस्प्ले हुनेछ । अर्थात यसमा एचडी रिज्योल्युशन र ३२६पिपिआई सम्मको पिक्सल डेनसिटी हुनेछ ।

इन्टरनल हार्डवेयरको कुरा गर्दा आइफोन एसई २ मा ए१३ बायोनिक प्रोसेसर दिइने जानकारी रहेको छ । यहि प्रोसेसर आइफोन ११ मा पनि राखिएको छ । हाल यस अपकमिङ फोनको क्यामरा रिज्योल्युशन वा ब्याट्री क्षमताको बारेमा कुनै जानकारी आएको छैन । जबकी फोनमा ग्लास बिल्ड गरेकोले यो अनुमान लगाईँदै छ कि यसमा वायरलेश चार्जिग हुन सक्नेछ । एजेन्सी

easy care

प्रकाशित: २६ पुष २०७६, शनिबार

ताजा समाचार