भारतको कास्मिरमा गरिएको इन्टरनेट बन्द अनुचित र शक्तिको दूरुपयोग भएको अदालतको ठहर

Technology Khabar २५ पुष २०७६, शुक्रबार

भारतको कास्मिरमा गरिएको इन्टरनेट बन्द अनुचित र शक्तिको दूरुपयोग भएको अदालतको ठहर

काठमाडौं । भारतको सुप्रिम कोर्टले कास्मिरमा गरिएको इन्टरनेट बन्द कार्य अनुचित भएको बताएको छ ।

शुक्रबार सुप्रिम कोर्टले कास्मिरमा इन्टरनेट बन्द गरिएको बारे सुनुवाई गर्दै त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा गरिएको अनुचित र शक्तिको दूरुपयोग प्रदर्शित भएको ब्याख्या गरेको छ ।

भारतीय सरकारले गएको अगस्टमा कास्मिरमा इन्टरनेट बन्द गरेको थियो । सो समयमा सरकारले संविधानमा कास्मिरलाई दिईएको विशेषअधिकार खारेज गर्दै इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको थियो । केहि समयपछि टेलिफोन सेवा शुचारु भएपनि इन्टरनेट सेवा भने अझै बन्द रहेको छ ।

सुप्रिम कोर्टको आजको आदेशले कास्मिरको इन्टरनेट शुचारु हुनेछैन् । तर अदालतले इन्टरनेट रोक्नाले भारतको दूरसंचार कानूनहरुको उलंघन हुने बताएको छ ।

न्यायाधिश एनभी रामानाले कास्मिरका स्थानिय अधिकारीहरुलाई एकसाता भित्र सम्पूर्ण विषयहरुको समिक्षा गर्न समेत आदेश दिएका छन् ।
यसका साथै अदालतले सरकारलाई सम्पूर्ण इन्टरनेट बन्द गरिएका आदेशहरु सार्वजनिक गर्न समेत आदेश दिएको छ ।

भारतमा इन्टरनेट बन्द गरिएको घटनामा कम्तिमा ३८१ डकुमेन्टहरु रहेको बताईएको छ । पछिल्लो ९ वर्षका डकुमेन्टहरुमध्ये ३१९ वटा सन् २०१७ पछि जारी भएका डकुमेन्टहरु रहेको बताईएको छ । एजेन्सी

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...