आँखाले नदेखिने सामसङको ‘इनभिजिवल किबोर्ड’, औलाको चाललाई ट्रयाक गरेर गर्दछ टाइप

Technology Khabar २५ पुष २०७६, शुक्रबार

आँखाले नदेखिने सामसङको ‘इनभिजिवल किबोर्ड’, औलाको चाललाई ट्रयाक गरेर गर्दछ टाइप

काठमाडौं ।

काठमाडौं । कन्ज्जुमर इलेक्ट्रोनिक शो (सिईएस २०२०) मा सामसङले आफ्नो कयौँ नयाँ प्रोडक्टस सार्वजनिक गरिरहेको छ । कम्पनीले यस इभेन्टमा आफ्नो सेल्फी टाइप ‘इनभिजिवल किबोर्ड’ अर्थात आँखाले देख्न नसकिने किबाेर्ड पनि सार्वजनिक गरेको छ ।

यो एक भर्चुअल किबोर्ड हो जुन सबै किसिमको फ्ल्यास सरफेसमा काम गर्दछ । तर कम्पनीले यसको कर्मशियल लन्चको बारेमा भने केहि बताएको छैन ।

सेल्फी टाइप किबोर्डको एक्सपेरिमेन्ट सी–ल्याबको हिस्सा हो । जसले पहिले पनि कयौ प्रोडक्टहरु लन्च गरिसकेको छ । सेल्फी टाइप युजरको स्मार्टफोनको सेल्फी क्यामराबाट अपरेट हुन्छ । क्यामरा युजरको हातका औंलाहरुको चाललाई ट्रयाक गर्दछ ।

यसको अर्थ किबोर्डमा जुन तरिकाले टाइप गरिन्छ, त्यस्तै तरिकाले औंलाको चाल वा गतिबिधिलाई क्याप्चर गरेर रियल टाइममा टाइप गर्दछ । यो किबोर्डले मोबाइल, ट्याबलेट सबै प्रकारको डिभाइसमा काम गर्न सकिन्छ ।

*हेडलाइन परिवर्तन

Global Bank
easy care

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

ताजा समाचार