भारतका रेल्वे स्टेशनहरुमा फेसियल रिकोग्निसन सिस्टमको प्रयोगात्मक परिक्षण शुरु

Technology Khabar २५ पुष २०७६, शुक्रबार

भारतका रेल्वे स्टेशनहरुमा फेसियल रिकोग्निसन सिस्टमको प्रयोगात्मक परिक्षण शुरु
प्रतिकात्मक
Global IME Bank

काठमाडौं ।

काठमाडौं । अपराधिको पहिचान गर्न र उनिहरुलाई पक्राउ गर्नका लागी भारतको बेङलोर, मनमाड र भुसावल रेल्वे स्टेशनमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित फेसियल रिकोग्निशन (अनुहारबाट पहिचान गर्ने) प्रविधिको प्रयोगात्मक प्रयोग गर्न लागिएको छ । यसको जानकारी भारतीय रेल्वे अधिकारीहरुले दिएका हुन ।

रेल्वे सुरक्षा बल (आरपीएफ) को उद्धेश्य फेशियल रिकोग्निसन प्रणालीलाई क्राइम एन्ड क्रिमिनल ट्रयाकिङ सिस्टमसँग जोडनु रहेको छ । यसले रेल्वे स्टेशनमा घुम्ने अपराधीहरुको पहिचान गर्नमा मदत पु¥याउँछ । अनुहार बाट पहिचान गर्ने सफ्टवेयरले कुनै चिनिएको अपराधीको बारेमा आरपिएफ कमाण्ड केन्द्रलाई जानकारी गराउनेछ ।

अधिकारीहरुका अनुसार यस प्रविधिको प्रशिक्षण प्रयोगपछि यसलाई पुरै भारतीय रेल्वे नेटर्वकमा जडान गरिनेछ । भारतीय रेल्वेको तर्फबाट जारी गरिएको एक बक्तव्यअनुसार रेल्वे बोर्डले निर्भया कोषको प्रयोग गर्दै ९८३ स्टेशनहरुलाई समावेश गरेर भिडियो निगरानी प्रणाली (भिएसएस) अन्र्तगत काम गर्नको लागी पनि आफ्नो स्वीकृति दिएको छ ।

रेल मन्त्रालयअन्र्तगत एक मिनिरत्न ‘रेलटेल’ लाई इन्टरनेट प्रोटोकल (आईपी) मा आधारित भिएसएस भिडियो एनालिस्टिक र फेसियल रिकोग्निसन सिस्टम निगरानीको काम दिइएको छ । भिएसएस लगाउनको लागी रेल्वेलाई यो वर्ष निर्भया कोषबाट २५० करोड भारु छुट्याइएको थियो ।

चीनमा पहिलै देखिनै फेसियल रिकोग्निसन सिस्टम आइसकेको छ । चीनमा फेसियल रिकोग्निसन सिस्टमको प्रयोग एयरर्पोटको सुरक्षा, अपराध र ट्राफिक कन्ट्रोलको लागी गरिन्छ । चीनका सुरक्षाकर्मीलाई फेसियल रिकोग्निसन सिस्टमबाट धेरै सहयोग भएको बताईएको छ । यस सिस्टमको प्रयोगबाट सुरक्षा अधिकारी र आम मानिसको व्यबहारमा समेत परिर्वतन आउँछ ।

ज्यादा जनसङ्ख्या भएको शहरमा कानुनी व्यवस्थाको लागी फेसियल रिकोग्निसन सिस्टम राम्रो बिकल्प हुनेछ । यस्तोमा भारतमा यो सिस्टम सफल हुनसक्ने देखिन्छ । बेङलोर, मनमार र भुसावलमा प्रयोगको रुपमा सुरु भएको फेसियल रिकोग्निसन सिस्टम प्रयोगपछि अन्य स्थानमा समेत प्रयोगमा ल्याइने बताईएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया