Technology Khabar २५ पुष २०७६, शुक्रबार
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सन्चालन गरिदै आएको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीको मोबाइल एपमार्फत प्रति महिना गरिने कारोवारको अधिकतम सीमालाई विद्यमान कारोवार सीमा रु.१ लाखबाट वृद्धि गरी पुस २१ गतेदेखि लागू हुने गरी रु.२ लाख कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको हो भने प्रति कारोबर सीमा रु ५० हजार नै कायम रहेको कम्पनीले जानकारी दिएको छ ।
कनेक्ट आईपीएसको वेबसाइट (www.connectips.com) बाट गरिने कारोबारको सीमा प्रति कारोबर रु १० लाख र प्रति बैंक मासिक रु ५० लाख यथावत नै रहेको छ ।
थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित: २५ पुष २०७६, शुक्रबार