नोकियाले ५जी नेटवर्क निर्माणको ६३ वटा व्यवसायीक सम्झौता हात पारेको घोषणा

Technology Khabar २५ पुष २०७६, शुक्रबार

नोकियाले ५जी नेटवर्क निर्माणको ६३ वटा व्यवसायीक सम्झौता हात पारेको घोषणा
Classic Tech

काठमाडौं । टेलिकम नेटवर्क उपकरण निर्माता कम्पनी नोकियाले विश्वभर ५जी नेटवर्कको कामको लागि ६३ वटा ठेक्का हात पारेको घोषणा गरेको छ ।

फिनिस कम्पनीले ईण्ड टू ईण्ड ५जी सोलुसनको डेलिभरीमा ग्लोबर लिडरको रुपमा स्थापित गर्दै लगेको छ ।

कम्पनीले ५जी कन्ट्र्याक्टको लागि एटि एण्ड टी, कोरिया टेलिकम, एल यूप्लस, एनटिटि डोकोमो, एसके टेलिकम, सफ बैंक, स्प्रीन्ट, एटिसी, टि मोबाइल यूएस, भेरिजोन, भोडाफोन इटाली र जैन साउदी जस्ता कम्पनीहरु क्लाइन्टको रुपमा पाएको छ ।

‘यो कोशेढुंगाले हाम्रो ५जी पोर्टफोलियोमा गुणस्तर र ग्राहकहरुको सुनिश्चिन्तता देखिएको छ र हामी यो वर्ष अझै थप कयौं नयाँ डिलहरु गर्ने अपेक्षा गरेका छौं,’ नोकियाका मोबाइल नेटवर्कसका प्रेसिडेन्ट टम्मी यूईटोले भने ।

६३ वा व्यवसायीक सम्झौताहरुमध्ये अन्य प्रकारका ५जी एग्रीमेन्टहरु भने समावेश छैनन्, जसमा भुक्तानी गरेर गरिने नेटवर्क परीक्षण, पाईलट्स वा डेमोस्ट्रेसनहरु छैनन् । यदि यस्ता प्रकारका सम्झौताहरुलाई पनि जोड्ने हो भने ५जी सम्झौताहरु १०० भन्दा बढि पुग्ने कम्पनीको भनाई छ ।

नोकियाको उत्पादनहरु र सेवाहरुले नेटवर्क अपरेटरहरुलाई ५जी क्षमताहरुका लागि महत्वपूर्ण हुने दाबी गरेको छ ।

नोकियासँग ४जीका लागि ३५० भन्दा बढि ग्राहकहरु छन भने पहिलो ६३ वटा ५जी ग्राहकहरुले विश्वको रेडियो एक्सेस नेटवर्कस बिजनेसको दुई तिहाई प्रतिनिधित्व एउटा वर्षमा गर्ने देखिन्छ ।

यी ६३ वटा सम्झौताहरु लो ब्याण्ड, मिडिल ब्याण्ड र हाई ब्याण्ड तथा परम्परागत र क्लाउड नेटवर्क आर्किटेक्चरहरुमा आधारित रहेका छन् । जसले गर्दा बाँकी विश्वका लागि अतुलनिय अनुभव र भित्रि दृष्टिकोण प्राप्त भएको र त्यसले फाइदा गराउने कम्पनीको भनाई छ ।

नोकियासँग ५जी नेटवर्कको सम्पूर्ण तत्वहरुलाई समावेश गर्ने ईण्ड टू ईण्ड प्रडक्ट पोर्टफोलियो रहेको छ, जसमा रेडियो, कोर, क्लाउड र ट्रान्सपोर्टका साथसाथै म्यानेजमेन्ट, अटोमेसन र सेक्यूरिटी पर्दछन् ।

नोकियाका ५जी ग्राहकहरुमध्ये करिब ६० प्रतिशतले कम्पनीको ईण्ड टू ईण्ड प्रडक्ट पोर्टफोलियोबाट न्यू रेडियो छनौट गरेका छन् ।
कम्पनीले स्ट्याण्डर्डका लागि आफ्नो पहिलो घोषणा गरेको अर्को वर्ष नै ५जी सेवाहरुका लागि आवश्यक पर्ने २ हजार भन्दा बढि ५जी पेटेन्टहरु दर्ता गरेको छ । एजेन्सी

TK Viber

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

Loading...