शाओमीले एमआई ब्याण्ड ५ ल्याउँदै, १.२ इन्च डिस्प्लेका साथमा एनएफसी फिचर हुने

Technology Khabar २५ पुष २०७६, शुक्रबार

शाओमीले एमआई ब्याण्ड ५ ल्याउँदै, १.२ इन्च डिस्प्लेका साथमा एनएफसी फिचर हुने
शाओमी एमआई ब्याण्ड ४

काठमाडौं । शाओमीको एमआई ब्याण्ड ४ फिटनेस ट्र्याकरमध्ये सबैभन्दा धेरै बिक्ने वेयरेबल डिभाइस हो । कम्पनीले सन् २०१९ मा वेयरेबल बजारमा सफलता पाउनुमा एमआई ब्याण्ड ४ को पनि ठूलो हात रहेको छ भने कम्पनीले सन् २०२० मा पनि बजारमा सफलता पाउन नयाँ डिभाइस ल्याउने भएको छ ।

कम्पनीले आफ्नो नयाँ ट्र्याकिंग डिभाइस एमआई ब्याण्ड ५ लन्च गर्ने तयारी गरेको छ । सो ब्याण्डमा १.२ इन्चको डिस्प्ले हुनेछ भने ग्लोबल भर्सनमा एनएफसी पनि उपलब्ध हुनेछ ।

यसअतिरिक्त एमआई ब्याण्ड ५ मा पेमेन्ट अप्सनअन्तरगत गूगल पे सपोर्ट राखिनेछ ।

शाओमीको एमआई पे अहिलेको एमआई ब्याण्ड ४ मा राखिएको थियो तर सो अप्सन एमआई ब्याण्ड ५ मा भने परिवर्तन हुनेछ ।

रिपोर्टहरुकाअनुसार सो ब्याण्डको चिनियाा भर्सनको मूल्य १७९ चिनियाँ युआन तोकिनेछ तर इन्टरनेशनल भर्सनको मूल्य भने त्यो भन्दा बढि हुनेछ ।

शाओमीको सहायक कम्पनी हुआमीले यसअघि नै एमआई ब्याण्ड ५ मा काम गरिरहेको बताईसकेको छ जून डिभाइस चीनमा आगामी जून महिनामा लन्च हुने अपेक्षा गरिएको छ । एजेन्सी

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...