ट्विटको रिप्लाई कस्ले दिन पाउँछ भन्ने निर्णय अब प्रयोगकर्ताकै हातमा, ट्विटरले नयाँ फिचर परीक्षण गर्ने

Technology Khabar २५ पुष २०७६, शुक्रबार

ट्विटको रिप्लाई कस्ले दिन पाउँछ भन्ने निर्णय अब प्रयोगकर्ताकै हातमा, ट्विटरले नयाँ फिचर परीक्षण गर्ने

काठमाडौं ।

काठमाडौं । ट्विटरले अब आफ्ना यूजर्सलाई नै ट्विटको कमेन्ट नियन्त्रण गर्ने सुबिधा दिने भएको छ ।

ट्विटर इंकले यो वर्षको शुरुवातमा नै नयाँ फिचर परीक्षण गर्ने र जसले यूजर्सलाई नै उनीहरुको ट्विटमा कसले रिप्लाई गर्नसक्नेछ भन्ने नियन्त्रणको सुविधा दिने बुधबार बताएको हो ।

कम्पनीले अनलाइन प्लेटफर्मको दूरुपयोग र उत्पीडनलाई सिमित गर्न सहयोगी हुने अपेक्षा गरेको छ ।

पछिल्ला दिनहरुमा सामाजिक मिडियाहरु उनीहरुको साइटमा हुने उत्पीडन र दूव्र्यवहारलाई सम्बोधन गर्ने दबाबमा रहँदै आएका छन् । विशेष गरि महिलाहरु र अल्पसंख्यकहरुका विरुद्ध उत्पीडन देखिने गरेको छ ।

ट्विटरका सिईओ ज्याक डोर्सीले सन् २०१८ देखि नै सार्वजनिक संवाद र कुराकानी स्वस्थ हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

‘हामी ट्विटरमा हुने कुराकानीहरुमा सहभागी हुँदा सुरक्षित अनुभव गराउन सहयोग गर्न चाहन्छौं र यसको लागि उनीहरुलाई नै शुरु गरेको कुराकानीमा थप नियन्त्रण प्रदान गर्दछौं,’ कम्पनीले ट्विटमार्फत भनेको छ ।

सन् २०१९ को अन्त्यतिर नै ट्विटरले यूजर्सलाई केहि निश्चित रिप्लाईहरु नदेखिने बनाउन सकिने फिचर लन्च गरेको थियो ।

रिपोर्टहरुका अनुसार यूजर्सले विभिन्न चार किसिमका रिप्लाईहरु सेटिंग्स गर्न सक्नेछन्, जसमा ग्लोबल, ग्रुप, प्यानल र स्टेटमेन्ट रहेका छन् । यस्ता सेटिंगमध्ये स्टेटमेन्टमा कुनै रिप्लाई गर्न सकिँदैन भने ग्लोबलमा जो सुकैले रिप्लाई गर्न सक्नेछ । एजेन्सी

easy care

प्रकाशित: २५ पुष २०७६, शुक्रबार