उबरसँग मिलेर हुण्डाईले बनाएको नयाँ ईलेक्ट्रिक एयर ट्याक्सी यस्तो छ, १०० किमीसम्म उड्ने

Technology Khabar २५ पुष २०७६, शुक्रबार

उबरसँग मिलेर हुण्डाईले बनाएको नयाँ ईलेक्ट्रिक एयर ट्याक्सी यस्तो छ, १०० किमीसम्म उड्ने

काठमाडौं ।

काठमाडौं । टेक्नोलोजीमा आधारित राइड हेलिंग सर्भिस कम्पनी उबरले अटो कम्पनी हुण्डाईसँग मिलेर नयाँ इलेक्ट्रिक एयर ट्याक्सी तयार पारेका छन्।

दुबै कम्पनीको सहकार्यमा हालै नयाँ ईभीटिओएल नामक ईलेक्ट्रिक एयरक्राफ्ट लन्च गरेका छन जून १०० किलोमिटरको दूरीसम्म उड्न सक्दछ । यसको क्रुज स्पीड भने २९० किलोमिटर प्रति घण्टा रहेको छ ।

पछिल्लो दिनहरुमा कन्जुमर ड्रोनहरुको विकास बढिरहेको र ब्याट्रिको क्षमतामा पनि सुधार हुँदै गएको हुँदा पनि ईभीटिओएल एयरक्राफ्टको ईलेक्ट्रिक टेक अफ र ल्याण्डिंग पेसेन्जरहरुसहित संभव भएको बताईएकोछ ।

यसअघि धेरै कम्पनीहरु एयर ट्याक्सी विकास गरिरहेका छन् । जसमा ड्यामलर, पोर्चेलगायत रहेका छन् ।

अब भने हुण्डाई पनि सो ईलेक्ट्रिक एयर ट्याक्सीको मास प्रडक्सन गर्ने योजनामा रहेको छ । यो ट्याक्सी उबरका लागि हुनेछ ।

नयाँ एयर ट्याक्सी जमिनबाट करिब १ हजार देखि २ हजार फिटसम्म उड्न सक्दछ भने प्रत्येक ट्रिप १०० किलोमिटरसम्म जान सक्दछ ।
हुण्डाईको यो भेहिकल १०० ईलेक्ट्रिक हुनेछ भने पिक आवरमा केलब ५ देखि ७ मिनेटमा नै रिचार्ज आवश्यक पर्नेछ । किनकी यसमा डिस्ट्रिब्यूटेड इलेक्ट्रिक प्रोपल्सन प्रयोग गरिएको छ ।

यो मोडल सिधै टेक अफ गर्न र सिधा ल्याण्ड गर्न सक्ने किसिमले तयार पारिएको छ ।

शुरुवाती समयमा हुण्डाई इलेक्ट्रिक एयर क्राफ्ट चालकले संचालन गर्नेछ भने पछि स्वचालितरुपमा नै संचालन हुनेछ । यो एयर क्राफ्टमा चारजना यात्रु बस्नसक्ने व्यवस्था छ ।

हाम्रो भिजन भनेको शहरी एयर मोबिलिटीलाई शहरी यातायातको रुपमा परिवर्तन गर्ने कन्सेप्ट हो । हुण्डाईका अर्वान एयर मोबिलिटी डिभिजनका भाइस प्रेसिडेन्ट तथा हेड जाईवन शीनले भने । एजेन्सी

easy care

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

ताजा समाचार