महाकाली यातायात अब अनलाइन टिकटिङमा, सुदुरपश्चिम जान मोबाईलबाटै टिकट काट्न सकिने

Technology Khabar २४ पुष २०७६, बिहीबार

महाकाली यातायात अब अनलाइन टिकटिङमा, सुदुरपश्चिम जान मोबाईलबाटै टिकट काट्न सकिने

काठमाडौं । सुदुरपश्चिमका जिल्लामा सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ ।

महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताए ।

कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिने जानकारी दिएको छ ।

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यस्तै विदेशबाट www.12go.asia बाट समेत टिकट काट्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित: २४ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...