भारतीय टेलिकम रिलायन्स जियोले शुरु गर्यो वाईफाई कलिङ्ग सुविधा

Technology Khabar २४ पुष २०७६, बिहीबार

भारतीय टेलिकम रिलायन्स जियोले शुरु गर्यो वाईफाई कलिङ्ग सुविधा
NTC_Advt

काठमाडौं । भारतीय मोबाइल अपरेटर रिलायन्स जियोले बुधवार आफ्ना ग्राहकहरुका लागि नयाँ सेवा लन्च गरेको छ । रिलायन्स जियोले भ्वाइस एण्ड भिडियो ओभर वाईफाई सर्भिस लन्च गर्ने घोषणा गरेको छ । यो सर्भिस कुनैपनि वाईफाईमा र भारतको हरेक ठाउँमा काम गर्दछ, त्यस्तै यो सर्भिस १५० भन्दा धेरै स्मार्टफोनमा सपोर्ट गर्ने बताईएको छ ।

रिलायन्स जियोले आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा र अनुभव दिनको लागी देशभरी वाईफाई संचालन हुने भ्वाइस र भिडियो सर्भिस लन्च गरेको हो । जियोले सो सर्भिसलाई धेरै महिनादेखी टेस्ट गर्दै आईरहेको थियो । अब भने सो सेवा जनवरी १६ सम्ममा पुरै भारतभर सार्वजनिक हुनेछ ।

सबैभन्दा महत्वपूर्ण विषय भनेको जियोका ग्राहकहरु यो सेवाको माध्यमबाट वाईफाई नेटवर्कको मद्धतले फ्रीमा कलिङ्ग गर्न पाउनेछन । केहि दिन अघि यस सेवालाई दिल्ली–एनसीआर र चेन्नई सर्कलमा लन्च गरिएको थियो, तर जनवरी १६ सम्म यसलाई पुरा भारतभर सार्वजनिक गरिनेछ ।

जियो वाईफाई कलिङ्गको लागी कुनैपनि वाईफाई नेटवर्कको प्रयोग गर्न सकिनेछ । यस सेवाको लागी जियो को नै वाईफाई नेटवर्क हुनुपर्ने बाध्यता नरहेको कम्पनीको भनाई छ । जियो प्रयोगकर्ता यस सेवाको माध्यमबाट भिडियो कल पनि गर्न सक्छन ।

कसरी प्रयोग गर्ने

उदाहरणको रुपमा यदि तपाईको मोवाइलमा इन्टरनेट छैन भने तपाई कुनैपनि वाईफाई या कसैबाट हटस्पट लिएर फोनमा आरामले कुरा गर्न सक्नुहुनेछ । जियोका अनुसार जियो वाईफाई कलिङ्गको मुख्य विशेषता यो हो की उपभोक्ता कुनैपनि वाईफाई नेटवर्कको प्रयोग गरेर जियो वाईफाई कलिङ्गको उपयोग गर्न सक्नेछन र भ्वाइस तथा भिडियो कल्सलाई बिनाकुनै झन्झट भोल्ट र वाईफाईलाई आरामले बदल्न सकिने छ ।

भो–वाईफाई लाई यसरी मिलाउनु सेटिङ्ग

हाल यो सुविधा १५० मोबाइल फोनमा सर्पोट गर्ने कम्पनीले जानकारी दिएको छ । यदि तपाईको फोनले वाईफाई कलिङ्गलाई सर्पोट गर्छ भने मात्र यो सेवा प्रयोग गर्न पाईन्छ, त्यस्तै तपाईको टेलिकम अपरेटरले भो–वाईफाई को सुविधा पनि प्रदान गर्नु पर्नेछ । यदि तपाईको मोवाइलमा भिडियो कलिङ्गको अप्सन छ भने यसको फाईदा मज्जाले उठाउन सकिन्छ ।

यसअघि भारतमा एयरटेलले पहिलो पटक भ्वाइस एण्ड भिडियो ओभर वाईफाई सर्भिस शुरु गरेको थियो ।

प्रकाशित: २४ पुष २०७६, बिहीबार