Technology Khabar २४ पुष २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । विश्वभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने योजना राखेको कम्पनी स्पेस एक्सले आफ्नो पछिल्लो खेपमा ६० वटा थप स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा पुर्याएको छ ।
क्यालिफोनियमा रहेको स्पेस एक्सले हालै स्टारलिंक नेवटर्कमा ६० वटा थप स्याटेलाइटहरु पुर्याएको छ । नयाँ लन्चसँगै कम्पनीले १८२ वटा स्याटेलाइटहरु आकाशमा राख्न सफल भएको छ ।
हाल फाल्कन ९ रकेटमार्फत कम्पनीले ६० वटा स्याटेलाइट पुयाएको हो ।
कम्पनीले विश्वभर ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने उद्धेश्य राखेको छ । स्पेसएक्सले यसअघि नै नियमनकारी निकायहरुबाट १२ हजार वटा स्याटेलाइटहरु अन्तरिक्षमा राख्न अनुमति पाईसकेको छ । तर कम्पनीको योजना भने ४० हजार पुर्याउने रहेको छ ।
स्पेसएक्सले यहि महिनाभित्रै ६० वटाको दरले थप दुई ब्याच स्याटेलाइटहरु अन्तरिक्षमा राख्नेछ । कम्पनीले विश्वभर तिब्रगतिको इन्टरनेट सुविधा महंगो मूल्य तिर्ने ग्राहकहरुलाई उपलब्ध गराउने योजना लिएको छ ।
तर अन्तरिक्ष वैज्ञानिकहरुले भने अधिक मात्रामा अन्तरिक्षमा कृतिम वस्तुहरु राख्दा कस्मस हेर्न कठिन हुने भन्दै आलोचना गरेका छन् ।
स्पेसएक्स बाहेक अन्य दुई कम्पनीहरु वान वेब र अमेजनले पनि अन्तरिक्षमा हजारौं स्याटेलाइटको नेटवर्कबाट विश्वभर ब्रोडब्याण्ड कनेक्सन पुर्याउने योजना लिएका छन् । एजेन्सी
प्रकाशित: २४ पुष २०७६, बिहीबार