क्वालकमले स्वचालित गाडिहरुका लागि कम्प्यूटर सिस्टम बनाउने घोषणा

Technology Khabar २४ पुष २०७६, बिहीबार

क्वालकमले स्वचालित गाडिहरुका लागि कम्प्यूटर सिस्टम बनाउने घोषणा
Classic Tech

काठमाडौं । टेक कम्पनी क्वालकमले अटोनोमस भेहिकलहरुका लागि कम्प्यूटिंग सिस्टम डिजाइन ल्याएको घोषणा गरेको छ । कम्पनीले बनाउने सिस्टमले लेन कन्ट्रोलदेखि पूर्ण स्वचालितरुपमा सेल्फ ड्राइभिंग गर्नसक्ने क्षमताको हुनेछ र यो सन् २०२३ सम्म प्रयोगमा आउनेछ ।

सो सिस्टमका नाम स्न्याड्रागन राइड राखिएको छ भने कम्पनी पहिलो पटक सेल्फ ड्राइभिंग कारहरुलाई उर्जा दिन पूर्णरुपमा सिस्टम बनाउँदैछ ।

विश्वको उत्कृष्ट मोबाइल फोन चीप मेकर कम्पनी क्वालकमले दशकौंदेखि अटोमोटिभ सप्लायरको रुपमा काम गरिरहेको छ तर कम्पनीले हालसम्म मोडेम चीपहरु कार कनेक्सनको लागि उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट तथा क्वालकमको अटोमोटिभ बिजनेसका जनरल म्यानेजर प्याट्रिक लिटलले कम्पनीले आफ्नो विशेषज्ञता प्रयोग गरिरहेको बताए ।

क्वालकमको नयाँ कम्प्यूटरहरु एक हातमा नै समात्न सकिने किसिमका हुनेछन र त्यसलाई फ्यान चाहिँदैन् । अधिक तातोपनाबाट बचाउन सो कम्प्यूटरहरुलाई लिक्विड कुलिंग सिस्टम पनि आवश्यक पर्दैन् । न्यून उर्जा खपत गर्ने हुँदा इलेक्ट्रिक भेहिकल्सका लागि यो निकै महत्वपूर्ण हो ।

कम्पनीले ल्याउने साना कम्प्यूटरहरु लेन कन्ट्रोल जस्ता साधारण कामहरु गर्न उपयोगी हुनेछ ।

यसबाहेक क्वालकम र जनरल मोटर्सले आफ्नो हालको सहकार्यलाई बिस्तार गरेको बताएका छन् । एजेन्सी

प्रकाशित: २४ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...