दूरसंचार सेवाको लगानीकर्ताले शेयर बेच्न प्राधिकरणको अनुमति चाहिने, क्रश होल्डिंगमा रोक

Technology Khabar २४ पुष २०७६, बिहीबार

दूरसंचार सेवाको लगानीकर्ताले शेयर बेच्न प्राधिकरणको अनुमति चाहिने, क्रश होल्डिंगमा रोक

काठमाडौं । दूरसंचार सेवा कम्पनीका अनुमतिपत्र प्राप्त गरेका लगानीकर्ता शेयरधनीहरुले अब आफ्नो शेयर नामसारी वा बिक्री गर्दा नेपाल दूरसंचार प्राधिकरणको अनुमति लिनुपर्ने भएको छ ।

यसअघि आफ्नो स्व-ईच्छामा शेयर खरिद बिक्री हुँदै आएकोमा अब देखि भने अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने नयाँ कानून लागू भएको छ ।

दूरसंचार प्राधिकरणले हालै पास गरेको ‘नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६’ अनुसार अनुमतिपत्र प्राप्त गरेको व्यक्तिको शेयर लिएको व्यक्तिहरुको मुत्यु भएमा वा पारिवारिक अंशवण्डा भएमा निजहरुको इच्छाईएको व्यक्तिको नाममा नामसारी गरी १५ दिनभित्र प्राधिकरणमा जानकारी दिनुपर्ने प्रावधान समेत राखिएको छ ।

तर शेयर खरिद बिक्रीको हकमा भने प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्नेछ र यस्तो पूर्व स्वीकृति प्राधिकरणले सामान्यतया १ महिनाभित्र प्रदान गर्ने व्यवस्था विनियमावलीमा राखिएको छ ।

शेयर खरिदबिक्रीका लागि प्राधिकरणले विभिन्न शर्तहरु समेत तोकेको छ र सो शर्तहरु पालना गर्नुपर्नेछ । विनियमावलीअनुसार शेयर खरिद गर्न वा विक्रि गर्न चाहने कम्पनी वा संस्था वा निकाय वा कृतिम व्यक्तिले आ–आफ्नो दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सञ्चालक र शेयरधनीको अद्यावधिक विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

तर नयाँ नियमअनुसार कालोसूचीमा भएको अवस्थामा भने शेयर नामसारी वा बिक्री गर्न पाईनेछैन् । त्यसैगरि कालोसूचीबाट फुकुवा भएको कम्तीमा ३ वर्ष पुरा हुनुपर्नेछ । त्यसैगरि कर चुक्ता नभएको, लेखा परीक्षण नभएको लगायतका विषयहरु भएमा पनि शेयर खरिद बिक्री गर्न पाईनेछैन् ।

शेयर खरिदकर्ताको लागि पनि नयाँ नियमअनुसार शर्त राखिएको छ जसअन्तरगत शेयर खरिदकर्ताले अर्को सेवा प्रदायकमा कानून प्रतिकुल दोहोरो लगानी अर्थात क्रस होल्डिंग नरहेको स्वघोषणा गर्नुपर्नेछ ।

प्रकाशित: २४ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...