Technology Khabar २४ पुष २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । एनसेलको मुख्य लगानीकर्ता आजियाटाको लगानी रहेको बंगलादेशको टेलिकम अपरेटर रोबीले नियमनकारी निकायलाई १.३८ अर्ब बंगलादेशी टाका भुक्तानी गर्नुपर्ने भएको छ ।
बंगलादेशको उच्च अदालतले रोबी आजियाटा लिमिटेडलाई बंगलादेश टेलिकम्यूनिकेसन रेगुलेटरी कमिसन्स(बिटिआरसी)लाई बाँकी बक्यौता रकम तिर्न आदेश दिएको हो । सो आदेशसँगै कम्पनीले अब कम्पनीले सो रकम ५ महिनाभित्र किस्तामा तिर्नुपर्ने भएको हो ।
यसअघि गएको जुलाई ३१ मा बिटिआरसीले रोबीलाई ८.६७२३ अर्ब टाका भुक्तानी गर्न पत्र काटेको थियो । तर सो विरुद्ध रोबीले अगस्ट २५ तारिखमा सो भुक्तानीको विरुद्ध तल्लो अदालतमा मुदा दायर गरेको थियो भने बिटिआरीको पत्र कार्यान्वयनलाई रोक्न आदेश माग गरेको थियो ।
सो लगत्तै रोबीले उच्च अदालतमा गएको अक्टोबर २२ मा मुद्धा दायर गर्दै भुक्तानीको पत्र कार्यान्वयन अस्थाईरुपमा रोक्न माग गरेको थियो ।
रोबीले सरकारलाई ८.६७२३ अर्ब टाका तिर्नुपर्नेछ जसमा बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यूलाई तिर्नुपर्ने १.९७२१ अर्ब टाका समावेश रहेको बिटिआरसीको अडिटमा उल्लेख छ ।
सेप्टेम्बर ५ तारिखमा टेलिकम रेगुलेटरले नोटिस पठाउँदै रोबी र अर्को टेलिकम अपरेटर ग्रामिणफोनलाई ३० दिनभित्र बाँकी बक्यौता नतिरेको अवस्थामा किन २जी र ३जीको लाइसेन्स नछिन्ने कारण देखाउँदै स्पष्टिकरण दिन भनेको थियो ।
सोहि मुद्धामा बंगलादेशको उच्च अदालतले सो फैसला गरेको हो ।
अदालतले रोबी आजियाटा बाहेक अर्को टेलिकम अपरेटर ग्रामिणफोनलाई पनि रकम तिर्न आदेश दिएको थियो । ग्रामिणफोनले बिटिआरसीलाई १.२५ अर्ब टाकामध्ये २० अर्ब टाका ३ महिनाभित्र तिर्न आदेश दिएको थियो ।
ग्रामिणफोनले १.२५ अर्ब टाका भुक्तानीको विरुद्ध र रोबीले ८.६७ अर्ब टाका भुक्तानीको विरुद्ध अदालतमा मुद्धा दिएका थिए ।
अपरेटरहरुले रकम तिर्न अस्विकार गरेसँगै बंगलादेशको नियमनकारीले इन्टरनेशनल इन्टरनेट गेटवे अपरेटरहरुलाई ग्रामिणफोनको ब्याण्डविथलाई ३० प्रतिशतमा सिमित गर्न र रोबीको ब्याण्डविथलाई १५ प्रतिशतमा सिमित गर्न जुलाई १४ मा आदेश दिएको थियो ।
नेपालमा पनि आजियाटाको लगानी रहेको एनसेलले पूँजीगत लाभकर बापतको रकम तिर्न अस्विकार गरेको थियो भने कम्पनी अदालत गएको थियो । तर हालै सर्वोच्च अदालतले लाभकर तिर्नुपर्ने आदेश दिएसँगै कम्पनीले पहिलो किस्ता बापतको रकम साढे ४ अर्ब रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाई सकेको छ।
एजेन्सीहरुका साथमा
प्रकाशित: २४ पुष २०७६, बिहीबार