वनप्लसको कन्सेप्ट वन स्मार्टफोन प्रदर्शन, लुकाउन सकिन्छ स्मार्टफोनको रियर क्यामरा

Technology Khabar २४ पुष २०७६, बिहीबार

वनप्लसको कन्सेप्ट वन स्मार्टफोन प्रदर्शन, लुकाउन सकिन्छ स्मार्टफोनको रियर क्यामरा

काठमाडौं । वनप्लसले आफ्नो ‘कन्सेप्ट वन’ स्मार्टफोनलाई सिईएस २०२० को अवसर पारेर पेस गरेको छ । वनप्लस कन्सेप्ट फोनलाई एमसी लरेनको साझेदारीमा बनाइएको हो ।

कम्पनीको दाबीअनुसार वनप्लस कन्सेप्ट वन पहिलो स्मार्टफोन हो जसमा इलेक्ट्रोक्रोमिक ग्लास प्यानल दिइएको छ । जसले क्यामरालाई लुकाउन वा देखाउन सकिन्छ । कम्पनीको दाबीअनुसार यो काम केवल ०.७ सेकेण्डमा नै हुनेछ । जुन क्यामरा पुर्ण रुपमा एक्टिभेट हुन लाग्ने समय भन्दापनि छिट्टो हो ।

वनप्लस ‘कन्सेप्ट वन’को डिजाइन एमसी लरेन को ७२०एसबाट प्रभावित रहेको छ । यसको रियरमा इलेक्ट्रोक्रोमिक म्याटेरियलको प्रयोग गरिएको छ, जुन पारदर्शी वा अपारदर्शी दुवै हुन सक्दछ । साथै यसको पछाडि लेदर प्यानल पनि दिइएको छ । हाल वनप्लसले यसको थप विशेषताको बारेमा भने जानकारी दिएको छैन, त्यस्तै लन्चिङ्ग डेट बारेपनि कम्पनीले केहि खुलाएको छैन ।

यो वनप्लसको कुनै दोस्रो टेक्सचर र म्याटेरियलसँग एक्सपेरिमेन्ट पहिलो पटक भने होइन । पहिले पनि कम्पनीले बाँस, केवलर, इलेन्ट्रा, फ्रोस्टेड र म्याटेरियलसँग एक्सपेरिमेन्ट गरेको थियो । कन्सेप्ट वनको स्पेशल ग्लासले मात्रै क्यामरा सेक्सनलाई कभर गर्दछ र बाँकी भाग लेदरले ढाकेको हुन्छ ।

वनप्लस कन्सेप्ट वन क्यामरा बारेमा कुरा गर्दा, यसमा रहेको इलेक्ट्रोक्रोमिक ग्लास अग्र्यानिक पार्टिकल्स हो जुन चाहिएको स्टेटमा शिफ्ट हुनलाई करेन्टसँग प्रतिकृया गर्दछ । यो ट्रिकबाहेक यो प्यानल ज्यादै तिब्र प्रकाशमा सुटिङ्गको बेला क्यामरालाई पोलेराइजिंग फिल्टरको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई क्यामरा एपमा प्रो मोडबाट अन गर्न सकिन्छ, र यो लोअर आइएसओ र लमो सटरको लागी  उपयुक्त हुन्छ । कम्पनीकाअनुसार यो प्यानल संचालन हुनको लागी लगभग जिरो पावरको आवश्यकता पर्दछ ।

प्रकाशित: २४ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...