भारतको दूरसंचार कम्पनी बिएसएनएलसँग मिलेर इभीआई टेक्नोलोजिजले चार्जिङ स्टेशन राख्ने

Technology Khabar २४ पुष २०७६, बिहीबार

भारतको दूरसंचार कम्पनी बिएसएनएलसँग मिलेर इभीआई टेक्नोलोजिजले चार्जिङ स्टेशन राख्ने
Classic Tech

काठमाडौं । इलेक्ट्रिक भेहिकलको लागी ब्याट्री चार्ज सुविधा उपलब्ध गराउने कम्पनी ईभीआई टेक्नोलोजिज् र भारतको सरकारी दूरसंचार कम्पनी भारत सञ्चार निगम लिमिटेड (बिएसएनएल) का बिच सार्वजनिक क्षेत्रमा चार्जिङ स्टेसन स्थापित गर्न सहमति भएको छ । यी दुईको बिच १० वर्षका लागी सम्झौता भएको हो ।

सम्झौताअनुसार इभीआईटीले बिएसएनएलको पाँच हजार भन्दा बढि स्थानमा चार्जिङ स्टेसन बनाउनु पर्नेछ । यसमा ब्याट्री चार्जिङ्गको साथसाथै ब्याट्री परिवर्तन गर्ने सुबिधा पनि हुनेछ ।

कम्पनीले जारी गरेको बक्तब्यअनुसार सम्झौताअन्तरगत शुरुमा चाहिने लगानी कम्पनी स्वंयमले गर्नेछ । यसमा ब्याट्री चार्जिङ सुविधाका साथै मर्मतको सुबिधा पनि रहनेछ ।

सम्झौतामा भनिएको छ कि चार्जिङ स्टेसनका लागी चाहिने आवश्यक जग्गा र विद्युत बिएसएनएलले उपलब्ध गराउने छ । बिएसएनएल महाराष्ट्रका महा प्रबन्धक कुमार मिश्राकाअनुसार यो कदमबाट स्वच्छ उर्जामा बढावा मिल्ने र कार्वन उत्र्सजन कम गर्नमा ठुलो सहयोग पुग्नेछ ।

सम्झौताअन्तरगत पहिलो चार्जिङ स्टेसन आउँदो महिना महाराष्ट्र र हरियाणामा खोल्ने योजना रहेको छ । एजेन्सी

प्रकाशित: २४ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...