एप्पलको न्यूज सर्भिसका प्रयोगकर्ता १० करोड नाघे, एकै वर्षमा १ करोड ५० लाख ग्राहक वृद्धि

Technology Khabar २४ पुष २०७६, बिहीबार

एप्पलको न्यूज सर्भिसका प्रयोगकर्ता १० करोड नाघे, एकै वर्षमा १ करोड ५० लाख ग्राहक वृद्धि

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलको समाचार उपलब्ध गराउने न्यूज सर्भिसमा १० करोड मासिक सक्रिय प्रयोगकर्ताहरु पुगेका छन् ।

यसअघि गत वर्षसम्म ८ करोड ५० लाख प्रयोगकर्ताहरु रहेकोमा हाल १० करोड प्रयोगकर्ता पुगेको कम्पनीले बुधबार जानकारी दिएको हो । यसको अर्थ एक वर्षभित्र १ करोड ५० लाख प्रयोगकर्ताहरु थप भएका हुन् ।

आइफोनको बिक्री घटेसँगै लगानीकर्ताहरुले सो सेवा व्यवसायलाई निकै नजिकबाट हेरिरहेका थिए ।

वृद्धि भएका यूजर्समध्ये अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियाका भएको कम्पनीले बताएको छ । यसबाहेक कम्पनीले रकम तिरेर सेवा लिने एप्पल न्यूज प्लस सेवा पनि उपलब्ध गराईरहेको छ । जसको शुल्क मासिक ९.९९ अमेरिकी डलर छ । तर कम्पनीले यस्ता रकम तिरेर सेवा उपयोग गर्ने यूजर्सको संख्या भने उल्लेख गरेको छैन् ।

यसअघि एप्पलले दिएको जानकारीअनुसार गएको वित्तीय वर्षमा समग्र सेवाहरुको क्षेत्रबाट हुने आम्दानीमा १६ प्रतिशतले वृद्धि हुँदै ४६.३ अर्ब डलर पुगेको छ । तर सोहि अवधिमा आइफोन क्षेत्रको बिक्री भने १४ प्रतिशतले घटेर १४२.४ बिलियन डलर रहेको थियो ।

कम्पनीकाअनुसार सन् २०१९ डिसेम्बर २४ देखि सन् २०२० जनवरी १ तारिखको बिचमा उसका ग्राहकहरुले एप स्टोरमा १.४२ अर्ब डलर खर्च गरेका थिए । यो रकम अघिल्लो सोहि अवधिको तुलनामा १६ प्रतिशतले बढि हो र जनवरी १ तारिखमा मात्र ग्राहकहरुले ३८ करोड ६० लाख डलर खर्च गरेका थिए ।

एप्पलले सन् २०१९ मा मात्र विभिन्न न्यूज सर्भिसहरु लन्च गरेको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २४ पुष २०७६, बिहीबार

ताजा समाचार