भिडियो शेयरिंग एप टिकटकद्धारा भ्रामक जानकारीहरु प्लेटफर्ममा राख्न प्रतिबन्ध

Technology Khabar २३ पुष २०७६, बुधबार

भिडियो शेयरिंग एप टिकटकद्धारा भ्रामक जानकारीहरु प्लेटफर्ममा राख्न प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं । लोकप्रिय भिडियो शेयरिंग एप टिकटकले गलत र भ्रामक सूचनाहरु वा जानकारीका विरुद्ध प्रतिबन्ध जारी गरेको छ । चिनियाँ कम्पनी बाइटडान्सको टिकटकले कम्यूनिटी वा सार्वजनिकरुपमा हानी गर्ने कन्टेन्टहरुमाथि प्रतिबन्ध लगाएको हो ।

कम्पनीले फेसबुकजस्तै गरि आफैंले प्रतिबन्ध लगाउँदै कुनैपनि सत्यहरुमा मध्यस्थता गर्न नचाहेको बताएको छ ।

हामी व्यक्तिको स्वास्थ्य अथवा सार्वजनिक सुरक्षालाई हानी गर्ने किसिमका गलतसूचनाहरु हटाउँछौं, हामी दूष्प्रचार अभियानद्धारा बितरित कन्टेन्टहरु पनि हटाउँछौं, बाइटडान्सको अधिनमा रहेको कम्पनीले नयाँ गाइडलाइनमा लेखेको छ र यसअघिका नियमहरुको बारेमा पनि बताएको छ ।

सामाजिक संजालको क्षेत्रमा टिकटक नयाँ भएपनि कम्पनीले विश्वभर निकै यूजर्सहरु पाएको छ । नयाँ कम्पनी हुनुको कारण अझै कन्टेन्टहरुमार्फत हुने ठूला स्क्याण्डलमा नपरेको भएपनि विभिन्न समयहरुमा आलोचनामा रहँदै आएको छ ।

यसअघि नै अमेरिकी कानूननिर्माताहरुले टिकटकको प्लेटफर्ममा संवेदनशिल राजनितीक कन्टेन्टहरुमा सेन्सर लगाएको भन्दै चासो राख्दै आएका थिए भने अमेरिकीअधिकारीहरुले राष्ट्रिय सूरक्षाको विषयमा पनि आवाज उठाउँदै आएका छन् । विशेषगरि यूजर्सको डाटा प्रयोग गर्ने तरिकाले गर्दा अमेरिकी आर्मीले यसलाई प्रतिबन्ध लगाएको थियो ।

सेन्सर टावरको तथ्यांकअनुसार टिकटक र यसको चिनियाँ प्रतिरुप ‘डुविन’ १.५ अर्ब भन्दा बढि पटक डाउनलोड भएको थियो, जसमा सन् २०१९ मा मात्रै ६८ करोड डाउनलोड भएको थियो ।

भ्रामक जानकारीको अर्थ

नयाँ नियमअनुसार भ्रामक सूचनाको अर्थ भय पैदा गर्नु, घृणा, पूर्वाग्रह, मेडिकल उपचारसम्बन्धि गलत सूचना, र निर्वाचनहरुको बारेमा कम्यूनिटी मेम्बरहरुलाई गलत जानकारी अथवा अन्य सामाजिक प्रकृयाहरु भन्ने उल्लेख रहेको छ ।

गएको सोमबार मात्रै सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकले डिपफेक र अन्य दूरुपयोग भएका मिडियाहरुको बारेमा नयाँ नीति ल्याउँदै प्रतिबन्ध लगाएको थियो । एजेन्सी

*हेडलाइन परिवर्तन-सम्पादक

easy care

प्रकाशित: २३ पुष २०७६, बुधबार