फुडमाण्डुको अनलाइन फुड फेस्टिवल, अग्मेन्टेड रियालिटी प्रविधि र खानेकुराको नौलो समिश्रण

Technology Khabar २२ पुष २०७६, मंगलवार

फुडमाण्डुको अनलाइन फुड फेस्टिवल, अग्मेन्टेड रियालिटी प्रविधि र खानेकुराको नौलो समिश्रण

काठमाडौं ।

काठमाडौं । अनलाइनबाट फुड डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले अहिले आफ्नो अनलाइन प्लेटफर्ममा फुड फेस्टिवल आयोजना गरिरहेको छ । एन्ड्रोयड र आईओएस मोबाइल एप प्रयोगकर्ताहरुले फुड अर्डर गर्नका लागि महोत्सवको रुपमा अनलाइन फुड फेस्टिवलमा सहभागी हुन सक्नेछन् ।

हामीले पनि यो पटक अनलाइन फुड फेस्टिवलको अनुभव लिने प्रयास गर्यौ र सोहि आधारमा यहाँ कसरी खानेकुराहरु सहज र सजिलोसँग फुडमाण्डुको अनलाइन फुड फेस्टिवल २०२०मा अर्डर गर्न सकिन्छ भनेर जानकारी दिने प्रयास गर्दैछौं । यसबाहेक हामीले अत्याधुनिक प्रविधिको समेत अनुभव गयौं जुन यो आर्टिकलको अन्त्यमा उल्लेख गरेका छौं ।

यसको लागि तपाईँको स्मार्टफोनमा फुडमाण्डुको मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । सो एप चलाउन तपाईँले कुनैपनि किसिमको लगइन गर्नुपर्दैन् । तर तपाईँसँग केहि अनुमतिहरु भने माग्दछ । जसमा लोकेसन, नोटिफिकेसन रहेका छन् । त्यसपछि भने तपाईँले फुडमाण्डु एपभित्र रहेको अनलाइन फुड फेस्टिवलको ट्याग देख्नुहुन्छ र त्यसमा ट्याप गर्नुपर्दछ।

यसमा ट्याप गर्नासाथ भित्र फुड फेस्टिवलको ब्यानरसहित एकजना व्यक्तिको चित्र देख्नुहुनेछ । सो व्यक्ति अरु कोई होईन्, तपाईँ हामी जसले एप प्रयोग गर्दछौं त्यसको प्रतिरुप हो ।

फ्ल्याश सेल

त्यसलाई भने तपाईँले म्यानुअल्ली बिस्तारै अगाडि बढाउँदै विभिन्न स्टलहरुमा जान सक्नुहुन्छ ।

जसमा सबैभन्दा पहिले आउँछ, फ्ल्याश सेल जहाँ क्लिक गरेपछि तपाईँले निश्चित समय तोकेर राखिएका विभिन्न फुड आइटम र तिनीहरुको रकम देख्नुहुन्छ । अर्थात तपाईँले तोकिएको समयभित्र सो फ्ल्याश सेलमा रहेका आइटमहरुको अर्डर गरिसक्नुपर्ने हुन्छ नत्र अर्को समयपछि पुन नयाँ आइटमहरु देखिन्छन् ।सबै रु १ मा

फ्ल्याश सेलपछि आउँछ सबै रु १ मा भन्ने स्टल जुन अनलाइन फुड फेस्टिवलको सबैभन्दा लोकप्रिय र चर्चित सेगमेन्ट हो । यसमा ट्याब गरेपछि तपाईँ रु १ स्टलभित्र पुग्नुहुन्छ जहाँ हरेक सामाग्री रु. १ मा बिक्रीका लागि उपलब्ध छन् । र रु १ स्टलमा कम्तिमा १८ वटा छुट्टाछुट्टै रेष्टुरेन्टहरुको अफर देखिन्छ । तर यसमा तपाईँले रु.१ मा सामाग्री पाउनको लागि भने कम्तिमा ४०० रुपैयाँको अन्य खानेकुराहरु किनेको हुनुपर्दछ ।मिस्ट्रि ब्याग

रु १ स्टलपछि भने अब पालो आउँछ, मिस्ट्रि ब्यागको । मिस्ट्रि ब्याग अर्थात विभिन्न खानेकुराहरु राखिएको ब्याग जसमा शाकाहारी र मांसाहारी खानेकुराहरु हुन्छन् । अर्डर गर्नेलाई ब्याग भित्र के छ भन्ने जानकारी नदिई एकैपटक सरप्राइज दिनका लागि राखिएका छन् र हरेक मिस्ट्रि ब्यागसँग अन्य केहि सामाग्री निशुल्क ग्राहकले प्राप्त गर्नसक्नेछन् ।ह्विल अफ फच्र्यून

मिस्ट्रि ब्यागको लामो सूची हेरेपछि पालो आउँछ ह्विल अफ फच्र्यून जहाँ तपाईँले ट्राई एगेनसहित विभिन्न किसिमका डिस्काउन्टहरु प्राप्त गर्नसक्नुहुन्छ । यो खेल खेल्नका लागि भने तपाईँले बल्ल एपमा लगइन गर्नुपर्ने हुन्छ । यसको लागि फुडमाण्डु एपको लगइन यूजर नेम प्रयोग गर्न सक्नुहुन्छ वा फेसबुक तथा गूगल एकाउन्टबाट पनि लग इन गर्ने सुविधा दिईएको छ ।

ह्विल अफ फच्र्यूनलाई घुमाएर तपाईँले चाहेको डिस्काउन्ट प्रतिशत वा भौचरहरु प्राप्त गर्नसक्नुहुनेछ । तपाईँले यसलाई जतिपटक पनि घुमाउन सक्ने सुविधा फुडमाण्डुले दिएको छ । र यहाँ प्राप्त भएको डिस्काउन्ट कोड वा भौचरलाई तपाईँले फुड अर्डर गर्दा अन्तिममा कार्टमा प्रयोग गरेर निश्चित रकम छुट पाउन सक्नुहुनेछ ।

ह्विल अफ फच्र्यूनबाट अगाडि बढ्दा आउँछ डेलिभरी च्यालेन्ज गेम । सो गेममा ट्याब गरेर भित्र जानसकिन्छ । तर त्यहाँ अझैपनि कमिंग सुन अर्थात छिट्टै आउँदैछ भन्ने जानकारी मात्र देखिन्छ । र तपाईँले यो खेल्न पाउनुहुन्न् ।फुड स्टलहरु

अब भने बल्ल पालो आउँछ अनलाइन फुड फेस्टिवलमा पहिलो पटक लन्च गरिएको अग्मेन्टेड रियालिटीको ।

अग्मेन्टेड रियालिटीको भन्दा अगाडि हामी यहाँ अन्तिम स्टल अर्थात फुड स्टलहरुको बारेमा बताउँछौं । तपाईँले फुड फेस्टिवलभित्र अन्तिम स्थानमा विभिन्न कम्पनीहरुका फुड स्टलहरु भेट्नुहुनेछ । जसको लागि फुड स्टल्समा ट्याब गर्नुपर्नेछ र भित्र जाँदा तपाईँले फुडमाण्डुको अनलाइन फुड फेस्टिवलमा सहभागी भएका सम्पूर्ण रेष्टुरेन्ट तथा कम्पनीहरुको छुट्टाछुट्टै स्टल हेर्नसक्नुहुन्छ भने आफूलाई मनपर्ने रेष्टुरेन्टको स्टलमा क्लिक गरेर उपलब्ध खानेकुराहरुको मेनू हेर्न सक्नुहुनेछ । जहाँ तपाईँले फुडफेस्टको लागि राखिएको मेनूदेखि कम्पनीले राखेका अन्य खानेकुराहरु समेत छनौट गर्न सक्नुहुन्छ ।अग्मेन्टेड रियालिटीबाट भौचर हन्ट 

अब यसअघि जानकारी दिएको अग्मेन्टेड रियालिटीतर्फ जाऔं । अग्मेन्टेड रियालिटीमा ट्याप गरेर यहाँ तपाईँले विभिन्न छुट राखिएका भौचरहरु प्राप्त गर्नसक्नुहुनेछ । यसमा ट्याप गरिसकेपछि तपाईँको स्मार्टफोनको क्यामरा सिधै अन हुन्छ र तपाईँले आफ्नो वरीपरी भएका विषयवस्तुहरु देख्न सक्नुहुनेछ । यहाँ भित्र पस्दा निकै रोचक देखिन्छ । यसभित्र गएपछि तपाईँले आफ्नो कोठा भित्रै वा छिमेक वरिपरि भएका विभिन्न सामाग्रीहरु क्यामराबाट हेर्दा देखिएजस्तै देखिन्छ र त्यहिँ कतै भौचर हेर्न सक्नुहुनेछ । जसमा ट्राई एगेनदेखि विभिन्न डिस्काउन्ट अफरहरु छन् ।

यदि तपाईँले आफ्नो स्मार्टफोनमा केहि समयअघि निकै चर्चामा रहेको पोकेमन गो गेम खेल्नुभएको छ र त्यहाँ विभिन्न विषयहरु खोज्न हिँडेको अनुभव छ भने यहाँ त्यसलाई मज्जाले प्रयोग गर्न सक्नुहुनेछ । पोकेमन गोमा धेरै स्थान र समय हिँडेर वस्तुहरु पत्ता लगाउनुपर्ने थियो तर फुडमाण्डुको अनलाइन फुड फेस्टिवलमा रहेको अग्मेन्टेड रियालिटीबाट भौचर प्राप्त गर्न भने निकै सजिलो रहेको छ ।

हामीले पनि अग्मेन्टेड रियालिटीको अनुभव गर्यौं र टेक्नोलोजीखबरको कार्यालयभित्र कुपन प्राप्त गर्यौ । जुन हाम्रो लागिपनि निकै रमाईलो थियो । तर अचम्मको कुरा के भने खोज्दा त्यहाँ एउटा मात्र भौचर कुपन भेटियो र त्यसमा ट्राई एगेन लेखिएको थियो ।

तर यो जानकारी रहोस कि अग्मेन्टेड रियालिटीको अनुभव गर्न सो सपोर्ट गर्ने स्मार्टफोनहरुमा मात्र काम गर्दछ । यसको लागि हाइ इण्ड स्मार्टफोनहरुमात्र उपयोगी हुन्छन् । हामीले पनि आइफोन एक्सएसमा अग्मेन्टेड रियालिटीको अनुभव लियौं ।

अब हामी फेरी अर्को पटक अग्मेन्टेड रियालिटी प्रयोग गरेर भौचर कुपन भेट्ने प्रयास गर्नेछौं । अत्याधुनिक प्रविधि र खानेकुराको अनुभव एकैसाथ भएन त मज्जा ।

अत्यमा, तपाईँलाई लाग्यो होला खानेकुराको स्वादको बारेमा किन लेखिएन् भनेर । किनकी यो आर्टिकल तयार पार्दासम्म हाम्रो अर्डर डेलिभरी भएको छैन् ।

अब तपाईँले पनि फुडमाण्डुको एप प्रयोग गरेर त्यहाँ आयोजना भईरहेको अनलाइन फुड फेस्टिवल २०२० भित्र गएर अग्मेन्टेड रियालिटीको अनुभव लिँदै खानेकुराहरुको अर्डर गर्ने होकी । छिटो गर्नुहोस् किनकी अब ५ दिन मात्र बाँकी छ ।

easy care

प्रकाशित: २२ पुष २०७६, मंगलवार

ताजा समाचार