टेलिकम कम्पनीहरुको भ्वाइसबाट हुने आम्दानी ४५ प्रतिशत घट्ने, ओटिटिको असर- रिपोर्ट

Technology Khabar २२ पुष २०७६, मंगलवार

टेलिकम कम्पनीहरुको भ्वाइसबाट हुने आम्दानी ४५ प्रतिशत घट्ने, ओटिटिको असर- रिपोर्ट
फाइल

काठमाडौं ।

काठमाडौं । विश्वभर मोबाइल अपरेटरहरुको भ्वाइसबाट हुने आम्दानीमा निरन्तर कमी हुँदै सन् २०२४ सम्ममा २०८ अर्ब अमेरिकी डलरमा झर्ने प्रक्षेपण गरिएको छ ।

हालै जुनिपर रिसर्चले गरेको एक अध्ययनकाअनुसार यूजर्सरुले निरन्तर र सहजरुपमा निशुल्क उपलब्ध ओभर दि टप (ओटिटि) सर्भिसहरुको प्रयोग बढाईरहेको हुँदा सन् २०१९ को ३८१ अर्ब अमेरिकी डलरबाट भ्वाइसको आम्दानीमा कमी आउने भएको हो ।

सो अनुसन्धानले सन् २०२४ सम्ममा अपरेटरहरुको भ्वाइस आम्दानीमा ४५ प्रतिशतसम्मको गिरावट आउनेछ । भ्वाइसको आम्दानीमा कमीसँगै आगामी ५ वर्षभित्रम थर्ड पार्टी ओटिटि सेवा प्रयोगकर्ताहरुको संख्यामा भने ८८ प्रतिशतको वृद्धि हुने अनुमान छ ।

अन्य विषय जे भएतापनि ४जी नेटवर्क कभरेजमा हुने उल्लेख्य सुधारले गर्दा सो नेटवर्क प्रयोग गर्ने डिभाइसहरुको संख्यामा पनि वृद्धि हुँदै जानेछ । र यसले मोबाइल भिडियो कल यूजर्सको संख्या वृद्धि गर्न सहयोग पुर्याउनेछ । तर भ्वाइस आम्दानीलाई भने घटाउने छ ।

मोबाइल भ्वाइसः ईमर्जिंग अपच्र्यूनिटीज फर अपरेटर्स एण्ड भेण्डर्स २०१९–२०२४ रिपोर्टअनुसार सन् २०२४ सम्ममा थर्ड पार्टि ओटिटि भ्वाइस सर्भिसहरु निरन्तर वृद्धि हुँदै ४ अर्ब ५० करोड प्रयोगकर्ताहरु पुग्नेछन् । तर अपरेटरहरुका लागि भ्वाइसबाट हुने आम्दानीलाई भने यो प्रवृत्तिले कम गर्दै लैजाने अध्ययनमा उल्लेख छ ।

५जी प्रयोगको वृद्धिसँगै मोबाइल भ्वाइस र भिडियो सेवाहरुको प्रबद्र्धन हुनेछ । जसले स्ट्रिम सर्भिस प्रोभाइडरहरुलाई नयाँ आम्दानी गराउनेछ ।

अध्ययनले भिडियो ओभर एलटिई (भीआईएलटिई) अपरेटरहरुको आम्दानी भने ३३ अर्ब डलरभन्दा माथि जाने प्रक्षेपण गरेको छ भने त्यसको लागि अपरेटरहरुले आर्टिफिसियल इन्टेलिजेन्सयुक्त कम्यूनिकेसन्स प्लेटफर्महरुमा लगानी गर्नुपर्नेछ जसले प्रतिस्पर्धात्मक भ्वाइस सर्भिस डेलिभरीलाई सहयोग पुग्नेछ ।

रिपोर्टकाअनुसार ५जी प्रविधिको बिस्तारसँगै अपरेटरहरुले स्ट्रिमबाट नयाँ आम्दानी गर्नेछन जसलाई भ्वाइस ओभर एलटिई(भोल्टे) र भिडियो ओभर एलटिई (भीआइएलटिई)मा नयाँ आविश्कारीक प्रयोगहरु हुनेछन् ।

उच्च डाटाको प्रयोग र आदानप्रदान तथा न्यून लेटेन्सीले गर्दा आरटिआई, रिमोट कन्ट्रोल र भीओ५जीलगायतका नयाँ इमर्जिंग सर्भिसहरुमा वृद्धि हुनेछ ।

स्रोत

Global Bank
easy care

प्रकाशित: २२ पुष २०७६, मंगलवार

ताजा समाचार