ओपोको नयाँ स्मार्टफोन एफ१५ जनवरी १६ मा लन्च हुँदै, ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप

Technology Khabar २२ पुष २०७६, मंगलवार

ओपोको नयाँ स्मार्टफोन एफ१५ जनवरी १६ मा लन्च हुँदै, ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोले चाँडै नै नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले आउँदो १६ जनवरीमा ओपो नयाँ स्मार्टफोन एफ१५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले एफ१५ स्मार्टफोन सार्वजनिक गर्ने जानकारी अमेजनमा एक टिजरमार्फत दिएको हो । धेरै नभएपनि कम्पनीले यस स्मार्टफोनको बारेमा महत्वपुर्ण जानकारी दिएको छ । कम्पनीकाअनुसार ओपो एफ१५ मा क्वाड क्यामेरा सेटअप हुनेछ । साथमा यो स्मार्टफोन भोक फ्ल्यास चार्ज ३.० फास्ट चार्जिङ टेक्नोलोजी सर्पोटको साथमा आउने छ ।

कम्पनीले बताए अनुसार ओपो एफ१५ मा इन–डिस्प्ले फिंगरप्रीन्ट सेन्सरको सुबिधा पनि पाइने छ भने ब्याट्रीको क्षमता ४,०२५ एमएएचको हुनेछ । यसको मेमोरी क्षमतालाई हेर्ने हो भने यो स्मार्टफोन ८ जीबी ¥याम तथा १२८ जीबी स्टोरेजको हुनेछ ।

ओपो विश्वभरभर आफ्नो क्यामरा टेक्नोलोजीको कारणले परिचित छ । ओपो एफ१५ को कुरा गर्ने हो भने यस फोनमा आर्टिफिसियल इन्टेलिजेन्सी सर्पोटको साथ ४८ मेगापिक्सलको प्राइमरी क्यामरा हुनेछ, जसको अपर्चर एफ/१.८ हुनेछ । यो प्राइमरी सेन्सर क्वाड रियर क्यामराको एउटा भाग हुनेछ ।

यसका साथै यसमा ८ मेगापिक्सलको अल्ट्रा–वाइड सेन्सर, २ मेगापिक्सलको माइक्रो क्यामरा तथा २ मेगापिक्सलको डेप्थ सेन्सर हुनेछ । क्यामराको सेटअपमा एलईडि फ्ल्यास लाईट हुनेछ । डिभाइसको फ्रन्ट क्यामरा १६ मेगापिक्सलको हुनेछ ।

यसबाहेक ओप्पोले यो फोनसेट बारे अरु थप जानकारी दिएको छैन ।

डिभाइसको सार्वजनिक मिती नजिकिँदै गर्दा फोनको अरु फीचर्स पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २२ पुष २०७६, मंगलवार