Technology Khabar २२ पुष २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । नयाँ वर्षको अवसरमा मानिसहरु एकअर्कालाई शुभकामना तथा बधाई दिन्छन् । तपाई यो सुनेर अचम्ममा पर्नुहुन्छ कि ह्वाट्सएपको माध्यमबाट मात्रै अंग्रेजी नयाँ वर्षमा १ खर्ब म्यासेज आदान प्रदान भएको छ । यो तथ्यांक ३१ डिसेम्वर देखि १ जनवरी सम्मको हो ।
यसअघि कहिलै यति ठुलो संख्यामा म्यासेजको आदान प्रदान भएको थिएन । जसले एउटा रेकर्ड राख्न सफल भएको छ । स्मरण रहोस भारतमा मात्रै ह्वाट्सएप प्रयोगकर्ताको संख्या ४० करोड भन्दा बढि रहेको छ ।
त्यसो त मानिसहरु अन्य मेसेजिंग तथा सोसल मिडिया फेसबुक, इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक संजालको माध्यमबाट पनि शुभकामना आदान प्रदान गर्दछन्, तर ह्वाट्सएपको यो रेकर्ड साँच्चैनै कल्पना गर्न नसकिने रहेको छ ।
जुन तथ्यांक अगाडि आएको छ त्यस अनुसार २० अर्ब म्यासेज त केवल भारतीयको मात्रै रहेको छ । त्यस्तै १ खर्ब म्यासेज मध्ये १२ अरब म्यासेज तस्विर मात्र थिए ।
ह्वाट्सएप विश्वकै सर्वाधिक लोकप्रिय म्यासेन्जिङ्ग एप हो र नेपालमा पनि यसका लाखौं प्रयोगकर्ता रहेका छन् ।
कम्पनीका अनुसार म्यासेज पठाउने र पाउने बाहेक कम्पनि स्वंयमले पनि म्यासेज पढ्न नसक्ने दाबी रहेको छ । यसमा टेक्स्ट म्यासेजको अलवा भ्वाईस कल र भिडियो कलको पनि सुविधा रहेको छ ।
अब यी फोनमा चल्दैन एप
ह्वाट्सएप अब विन्डोज फोनमा नचल्ने भएको छ । यसले अब केहि फोनमा सर्पोट बन्द गर्ने घोषणा गरेको छ । ३१ डिसेम्वर पछि विन्डोज फोन र १ फरवरी २०२० पछि पुरानो एन्ड्रोइड फोनमा ह्वाट्सएपको सर्पोट बन्द हुन लागेको हो ।
जानकारी अनुसार पहिले ह्वाट्सएपले केहि विन्डोज फोनमा सर्पोट बन्द गरेको थियो । हाल यो म्यासेन्जिङ्ग एप ८.१ र यसमाथिको भर्सनमा चलिरहेको थियो, तर अब यी फोनमा पनि यो एप चल्दैन । यसलाई माइक्रोसफ्टको एपस्टोर बाट पनि हटाई सकेको छ ।
प्रकाशित: २२ पुष २०७६, मंगलवार