सेक्यूरिटी प्रिन्टिंग प्रेस खरिदमा अर्बौैं रुपैयाँ घोटाला हुनसक्ने विज्ञको भनाई

Technology Khabar २१ पुष २०७६, सोमबार

सेक्यूरिटी प्रिन्टिंग प्रेस खरिदमा अर्बौैं रुपैयाँ घोटाला हुनसक्ने विज्ञको भनाई
फाइल फोटो

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिमा सरकारले राख्न लागेको सेक्यूरिटी प्रिन्टिंग प्रेस खरिदमा अर्बौं रुपैयाँ चलखेल हुन सक्ने विज्ञहरुले आशंका गरेका छन् ।

सोमबार बसेको लेखा समितिको बैठकमा विज्ञको रुपमा सहभागी विजयप्रकाश मिश्र र सुदीपराज पाण्डेले बिना प्रतिस्पर्धा सेक्यूरिटी प्रेस खरिद गर्दा अर्बौं रुपैयाँ अनियमितता हुनसक्ने आशंका ब्यक्त गरेका हुन् ।

सरकारले फ्रान्सको कम्पनीसँग सरकार सरकारबिच सम्झौता गरेर खरिद प्रकृया अगाडि बढाएको सो सेक्यूरिटी प्रिन्टिंग प्रेस खरिदमा उनीहरुले ७ अर्ब रुपैयाँभन्दा बढिको घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

उनीहरुले सेक्यूरिटी प्रेस खरिदमा ५० देखि ६० मिलियन यूरो चलखेल हुनसक्ने आशंका व्यक्त गरेका हुन् । विज्ञहरुले
यसअघि सरकारले मन्त्रिपरिषदको बैठकबाट दुबै कम्पनीको प्रस्ताव हेरेर निर्णय गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिईसकेको छ । बजारमा ९० देखि १०० मिलियन यूरोमा सो प्रेस किन्न सकिने भएपनि सरकारले १ सय ७० मिलियन यूरोमा किन्ने प्रस्ताव गरेको बताए ।

सो विषयमा समितिले विज्ञको रायका आधारमा सेक्यूरिटी प्रिन्टिंग प्रेस खरिद सम्झौता प्रकृयामाथि बिस्तृत अध्ययन गर्ने जनाएको छ ।

सरकारले नेपालभित्रै पासपोर्ट, राष्ट्रिय परिचयपत्र, अन्तशुल्क स्टीकर, हुलाक टिकटलगायतका सामाग्रीहरु छपाई गर्ने उद्धेश्यले सेक्यूरिटी प्रिन्टिंग प्रेस राख्ने तयारी गरेको हो । सो प्रेस राख्नका लागि बनेपामा रहेको आईटी पार्क हटाएर सोहि स्थान उपयोग गर्ने सरकारले निर्णयसमेत गरिसकेको छ ।

प्रकाशित: २१ पुष २०७६, सोमबार

Comments are closed.

Loading...