यस्ता छन विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शोमा आउने प्रविधि तथा उत्पादनहरु

Technology Khabar २१ पुष २०७६, सोमबार

यस्ता छन विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शोमा आउने प्रविधि तथा उत्पादनहरु

काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स मेला अमेरिकाको लास भेगासमा शुरु हुँदैछ । यहि जनवरी ७ तारिख अर्थात भोलीदेखि औपचारिकरुपमा शुरु हुने सो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिईएस) २०२० मा विश्वभरबाट नयाँ र अत्याधुनिक प्रविधिहरु प्रस्तुत गर्न वैज्ञानिक, अनुसन्धानकर्ता, कम्पनीहरु, र अवलोकनकर्ताहरुको ठूलो भिड जम्मा हुने गर्दछ ।

सो इभेन्टमा नयाँ प्रविधि र आविश्कारहरुको बारेमा जानकारी दिने गरिन्छ । इलेक्ट्रोनिक्स सामाग्री र प्रविधिहरुको कुम्भ मेला समेत भनिने सो इभेन्टमा कस्ता किसिमका प्रविधिहरु आउँदैछन र प्रदर्शन हुँदैछन भन्ने विषय पनि चासोमा रहन्छ ।

सिईएस २०२० मा यो पटक यस्ता प्रविधि र उत्पादनहरु समावेश गरिएका छन् ।

पछिल्लो दिनहरुमा स्मार्ट होम डिभाइस प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । कम्पनीहरुले पनि स्मार्ट होम डिभाइसहरुलाई नयाँ डिजाइन र प्रविधिका साथमा लन्च गरिरहेका छन् । यस्ता उत्पादन तथा प्रविधिहरु आउनेछन यो पटक-

बाथरुमका लागि स्मार्ट सावर

भान्छामा प्रयोग हुने स्मार्ट प्यान

खाना पकाउनका लागि स्मार्ट कुकर डायलहरु

फुड शपिंगका लागि स्मार्ट दराजहरु

घरलाई सुरक्षित बनाउन स्मार्ट लक

स्मार्ट रबिस ब्याग

स्मार्ट र सेन्सरयुक्त फुल राख्ने गमला

स्मार्ट ड्रायर

स्मार्ट डिसवासर

स्मार्ट अलार्म सेक्यूरिटी क्यामरा

स्मार्ट टेलिभिजन सेटहरु

रोबोट र आर्टिफिसियल इन्टेलिजेन्स

रोबोट पिज्जा प्यान

रोबोट खेलौनाहरु

फेसियल रिकोग्निसन टेक्नोलोजी

स्मार्ट ट्रान्सपोर्टमा वाटर साइकल

वाटर ड्रोन

इलेक्ट्रिक कारहरु तथा सफ्वेयरहरु

इलेक्ट्रिक बाइक

इलेक्ट्रिक थ्रि ह्विलर

स्मार्ट सनग्लास

भाषा ट्रान्सलेट गर्ने ईयरबड्स

स्मार्ट फेस मास्क

स्मार्ट सुज

स्मार्ट यूरिन टेस्ट किट

कन्सेप्ट स्मार्टफोन

कम्प्यूटर तथा मनिटरहरु

यसबाहेक विभिन्न एक्सपर्टहरुले ५जी टेक्नोलोजी, टेलिभिजन टेक्नोलोजी, इन्टरनेट अफ थिंग्सलगायत अन्य क्षेत्रहरुमा प्रयोग हुने प्रविधिहरुको बारेमा आफ्ना धारणा तथा चर्चाहरु गर्नेछन् ।

सिईएस २०२० जनवरी ७ देखि १० तारिखसम्म लस भेगासमा आयोजना हुँदैछ तर विभिन्न कम्पनीहरुले त्यो भन्दा अगाडि नै आफ्ना उत्पादन तथा प्रविधिहरु सार्वजनिक घोषणा गरिरहेका छन् ।

प्रकाशित: २१ पुष २०७६, सोमबार

Comments are closed.

Loading...