वैज्ञानिकले विकास गरे लिथियम सल्फर ब्याट्रि, एक पटक चार्ज गर्दा स्मार्टफोन ५ दिनसम्म चल्ने

Technology Khabar २१ पुष २०७६, सोमबार

वैज्ञानिकले विकास गरे लिथियम सल्फर ब्याट्रि, एक पटक चार्ज गर्दा स्मार्टफोन ५ दिनसम्म चल्ने

काठमाडौं । हालै अनुसन्धानकर्ताहरुले लामो समयसम्म चार्ज टिक्ने ब्याट्रिको विकास गरेका छन् । अष्ट्रेलियाका वैज्ञानिकहरुको नेतृत्वमा अन्तराष्ट्रिय अनुसन्धान टिमले लिथियम सल्फर ब्याट्रि विकास गरेको हो ।

जसले एउटा स्मार्टफोनलाई निरन्तर पाँच दिनसम्म पावर दिनसक्ने संभावना रहन्छ । यदि यो नयाँ ब्याट्रि इलेक्ट्रिक भेहिकलमा प्रयोग गरेको खण्डमा १ हजार किलोमिटरभन्दा बढि बिना कुनै चार्ज संचालन गर्न सक्दछ ।

गएको शुक्रबार साइन्स एडभान्समा छापिएको जर्नलकाअनुसार अल्ट्रा हाई क्षमताका लि–एस ब्याट्रिले अहिलेको लिथियम आयोन उत्पादनहरुभन्दा अधिक राम्रो क्षमता प्रदर्शन गर्दछ भने वातावरणलाई कम प्रभाव पार्दछ ।

अनुसन्धानकर्ताहरु सन् १९७० को दशकमा पत्ता लागेको डिटरजेन्ट फाउडर प्रोसेसिंगमा पहिलो पटक देखिएको फरक ब्रिजिङ्ग आर्किटेक्चरबाट प्रभावित भएका थिए । उनीहरुले नयाँ इन्जिनियरिंग मेथडको विकास गरे जसले पार्टिकल्सहरुबिच संयोजन गरेर दबाब र स्थिर क्षमता कायम गरे जून यसभन्दा अघिका ब्याट्रिमा देखिएको छैन् ।

‘यसले केबल उच्च क्षमता र लामो जिवनचक्र मात्र दिँदैन् यो उत्पादन गर्न सजिलो र निकै सस्तो पनि पर्दछ, पानीमा आधारित प्रकृया प्रयोग हुने र यसले वातावरणिय असरहरुलाई समेत देखिने गरेर कम गराउँछ, मोनास यूनिभर्सिटीका एसोसियट्स प्रोफेसर म्याथ्यू हिलले भने ।

प्रकाशित: २१ पुष २०७६, सोमबार

Comments are closed.

Loading...