चीनले सन् २०२० मा ४० भन्दा बढि स्पेश मिशन संचालन गर्ने

Technology Khabar २१ पुष २०७६, सोमबार

चीनले सन् २०२० मा ४० भन्दा बढि स्पेश मिशन संचालन गर्ने

काठमाडौं । चीनले सन् २०२० मा ४० भन्दा बढि स्पेश मिशन संचालन गर्ने भएको छ । चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्प लिमिटेडले सन् २०२० मा ४० भन्दा बढि मिशन संचालन गर्ने जानकारी दिएको हो ।

गत वर्ष २०१९ मा चीनले ३४ वटा अन्तरिक्ष उपग्रह लन्च गरेको थियो र यो लगातार दुई वर्षमा सबैभन्दा अधिक अन्तरिक्ष लन्च गर्ने देश बनेको छ ।

सन् २०२० मा चीन पेइतो नेभिगेशन उपग्रह नेटवर्किंग र चन्द्रमा सर्वेक्षणको तेस्रो चरणजस्ता ठूला परियोजनाहरु पुरा गर्नेछ भने मार्स यान प्रक्षेपण गर्नेछ । लंग मार्च नम्बर ५बी लंग मार्च नम्बर ७ सी ए र लंग मार्च नम्बर ८ तीनवटा रहेक पहिलो पटक लन्च गर्ने अनुमान गरिएको छ ।

यसबाहेक चीनले एशिया प्रशान्त ६डी तथा इन्टरनेटसहितको स्याटेलाइट परीक्षणात्मक स्याटेलाइटसमेत व्यवसायीक स्याटेलाइट छोड्ने काम पनि विभिन्न चरणमा गर्नेछ ।

सीएएससीका बोर्ड अध्यक्ष यू येनशंगले सन् २०२० मा चीनको लागि शक्तिशाली अन्तरिक्ष देशको आधारको रुपमा कायम राख्ने महत्वपूर्ण वर्ष हुनेछ । एजेन्सी

प्रकाशित: २१ पुष २०७६, सोमबार

Comments are closed.

Loading...