बैंक र एनसीएचएलद्वारा संयुक्तरुपमा रु १०० अभियान शुरु

Technology Khabar २० पुष २०७६, आईतवार

बैंक र एनसीएचएलद्वारा संयुक्तरुपमा रु १०० अभियान शुरु

काठमाडौं ।

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको छ ।

बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधि भित्र सम्बन्धित बैंकले उनीहरुको खातामा रु १०० जम्मा गरिदिनेछ । सो रु १०० बराबरको इन्सेन्टिभ हाल लक्ष्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेका छन् । बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउनर बैंक खाता लिंक गर्न ग्राहकहरुलाई सहयोग गर्ने जानकारी दिएको छ।

ग्राहकहरुले www.connectips.com यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २० पुष २०७६, आईतवार