नबिल बैंक र आईसीआईसीआई बैंक बिच सम्झौता

Technology Khabar २० पुष २०७६, आईतवार

नबिल बैंक र आईसीआईसीआई बैंक बिच सम्झौता

काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाचा) सिर्जना गर्नेछ ।

नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौं स्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

यो सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् । नबिल बैंकले नेपालमा बलियो बजार पहुच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ । यस कारण दुबै बैंक यस एमओयू मार्फत सहकार्यका लागि एकसाथ हुदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रुपमा लाभ उठाउन यस सम्झौताले दुबै बैंकलाई सक्षम बनाउनेछ ।

नबिल बैंकका सिईओ शाहले भने, ‘आईसीआईसीआई बैंकस“ग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबिच नलेज शेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ, खासगरी भारतस“ग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्नेछ ।’

साझेदारीका सम्बन्धमा आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख सिगटियाले भनिन्, ‘भारतस“ग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ । आईसीआईसीआइ बैंकले साझेदार बैंकहरुसँग उनीहरुका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गरिरहेको छ । बढ्दो भारत–नेपाल आर्थिक करिडोरमा हाम्रो सहभागिता निरन्तर बढाउने प्रतिवद्धताअनुरुप यो सम्झौतापत्रमा हस्ताक्ष्ँर गर्न पाउ“दा हामी खुसी छौं ।’

देशभर बैंकका ९७ शाखा कार्यालय र १४३ एटिएम काउन्टरहरु रहेका छन् ।

प्रकाशित: २० पुष २०७६, आईतवार

Comments are closed.

Loading...