ओपोको काठमाडौंकै दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सीटीसी मलमा

Technology Khabar २० पुष २०७६, आईतवार

ओपोको काठमाडौंकै दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सीटीसी मलमा

काठमाडौं । विक्रिपछिको सेवामा उत्कृष्टता प्रदान गर्दैै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मल स्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा विक्रि गरिएका ओपो फोन्सका लागि उत्कृष्ट विक्रि पछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य हो ।

काठमाडौंको सुन्धारा स्थित सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ (एमा अवस्थित नयाँ सेवा केन्द्रले आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजेसम्म उपभोक्तालाई मर्मतलगायत विक्रि पछिको सेवा उपलब्ध गराउने बताईएकोछ ।

उपभोक्ताको सहजताका लागि कम्पनीले टोल(फ्रि नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओपो मोबाइल सम्बन्धि आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिन्छ । साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फत पनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

कस्टमर केयर सर्भिस सेन्टरको उद्घाटन ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्तरुपमा गरेका थिए ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादन मार्फत पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौँ ।’

प्रकाशित: २० पुष २०७६, आईतवार

Comments are closed.

Loading...