भारी हिमपातका कारण डडेल्धुरा सदरमुकामसहित ग्रामीण बस्तीमा सञ्चार सेवा अवरुद्ध

Technology Khabar २० पुष २०७६, आईतवार

भारी हिमपातका कारण डडेल्धुरा सदरमुकामसहित ग्रामीण बस्तीमा सञ्चार सेवा अवरुद्ध

अमरगढी । भारी हिमपातले डडेल्धुरा जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुली विहीन बनेको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चार सेवासमेत अवरुद्ध भएका छन् ।

लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातले अवरुद्ध बनाएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ ।

दूरसञ्चार कार्यालय डडेल्धुराका शिवराज बोहराले हिमपातले अवरुद्ध सञ्चार सेवालाई सुचारु बनाउन प्रयास भइरहेको जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराले विद्युतसेवा सुचारु बनाउन प्रयास भइराखेको जनाएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्याधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका तीन दिनदेखि अन्धकारमय बनेको छ ।

प्रकाशित: २० पुष २०७६, आईतवार

Comments are closed.

Loading...