Technology Khabar २० पुष २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । शाओमीले विश्व बजारमा निर्यात गर्ने सम्पूर्ण स्मार्टफोनहरुमा गूगलको फोन र मेसेजेज एप्सहरु राख्ने भएको छ । कम्पनीले एमआई ९टी प्रो स्मार्टफोनदेखि नै यो व्यवस्था शुरु गर्ने भएको हो ।
यो कार्यलाई शाओमीले आफ्नो फोरममार्फत शुरु गरेको जानकारी गराएको छ, जुन निकै लामो समयदेखि प्रतिक्षारत थियो ।
अबदेखि तपाईँसँग ग्लोबल वा ईईए रोम संचालन भएका शाओमीको फोनहरु छन भने तपाईँलाई अब एआईयूआई डायलर वा मेसेजिंग इन्स्टल गर्नुपर्ने बाध्यता हटेको छ ।
चिनियाँ स्मार्टफोन मेकर कम्पनीले अब ति एप्सलाई छोडेर गूगलको अल्टरनेटिभ अप्सन प्रयोग गर्न शुरु गरेको हो । यो व्यवस्था गर्नुको कारणमा विश्वभर प्राइभेसी कानून र प्रतिबन्धहरु रहेको छ ।
शाओमीले गूगल मोबाइल सर्भिसेजहरु निरन्तर प्रयोग गर्नेछ । तर यो सुविधा यसअघि नै सार्वजनिक भईसकेका स्मार्टफोनहरुमा भने राख्नसक्ने बारेमा भने केहि जानकारी छैन् ।
नयाँ व्यवस्थाले गर्दा यदि तपाईँ गूगलको एप्स प्रयोग गर्नुहुन्छ भने तपाईँले कलहरु रेकर्ड गर्न सक्नुहुन्न्, तर पनि शाओमीको टिमले यो फंगसनलाई यो वर्षको अन्त्यसम्ममा पुन ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।
प्रकाशित: २० पुष २०७६, आईतवार