Technology Khabar २० पुष २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । कम्प्यूटर निर्माता कम्पनी डेलले ल्याएको मोबाइल कनेक्ट एपमार्फत यूजर्सले आईओएस डिभाइसमार्फत कम्प्यूटरमा वायरलेस फोटो र भिडियो ट्रान्सफर गर्न सक्नेछन् ।
यसअघि सन् २०१८ मा सार्वजनिक गरेको मोबाइल कनेक्ट एप डेल कम्प्यूटरमा यूजर्सले फोन कनेक्ट गर्न सक्नेछ र त्यसमार्फत फोन कल र टेक्स्ट गर्न सकिने, एप्समार्फत सिधै नोटिफिकेसन रिसिभ गर्नसकिने सुविधा छ ।
कम्पनीले सन् २०२० देखि भने त्यस्ता सुविधाहरु वायरलेस गर्न सकिने र आईओएस डिभाइसबाट कम्प्यूटरमा सो मोबाइल कनेक्ट एपमार्फत भिडियो तथा फोटोहरु ट्रान्सफर गर्न सकिने तथा एप्स संचालन गर्न सकिने सुविधा दिने बताएको छ।
यसअघि यस्तो दुईवटा फीचरहरु एन्ड्रोयड फोनहरुका साथमा मात्र मोबाइल कनेक्टको प्रयोग गरेर गर्न सकिन्थ्यो ।
डेलकाअनुसार आईओएससँग एकिकृत गरिने सो सुविधा एक्सपीएस, इन्सपिरोन, भोस्त्रो, एलियनवेयर, र जी सिरिजका कम्प्यूटरहरुमा जनवरी वा त्यसपछि प्रयोग गर्न सकिन्छ । एजेन्सी
प्रकाशित: २० पुष २०७६, आईतवार